Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:१८ दिउँसो
- ADVERTISEMENT -

रवि र छविको मुद्दामा आज सुनुवाइ

प्रकाशित मिति: २०८२ मंसिर ४, बिहीबार

73
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी (तत्कालीन गोरखा मिडियाका सञ्चालक) छविलाल जोशीको मुद्दामा आज (मंसिर ४) उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सुनुवाइ हुँदै छ । 

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका रवि र छविको मुद्दामा आजलाई पेसी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको उनले बताए ।

उनका अनुसार, इजलास नम्बर ३ मा उक्त मुद्दा नम्बर १ मा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासमा पेसी छ । 

अदालतले रवि र छविको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिएको थियो । गएको हप्ता मुद्दाको मूल मिसिल झिकाउन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले आदेश दिएको थियो ।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिरै बसेर मुद्दा लड्न रविले माग गरेकामा उच्च अदालतले उनीसँगै छविको पनि फाइल पेस गर्न आदेश दिएको थियो । रविको मुद्दामा यसअघि उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

रवि बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका निम्ति थुनामा छन् । उनले सहकारीमा अपचलित आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । 

उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । रविले त्यसको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । उनले दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

रविले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरिएको थियो ।

रवि हाल ललितपुरको नक्खु कारागारमा छन् । छवि भैरहवा कारागारमै छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -