Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:४६ दिउँसो
- ADVERTISEMENT -

नेपाल प्रिमियर लिग : ४० सीसीटीभी, दुई हजार सुरक्षाकर्मी परिचालन

प्रकाशित मिति: २०८२ मंसिर १, सोमबार

164
Shares

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

उद्घाटन खेलमा आज (मंसिर १) साबिक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजविरुद्ध प्रतिस्पर्धा गर्दै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ ।

प्रतियोगिताको सुरक्षाका निम्ति करिब ४० सीसीटीभी क्यामेराबाट समेत निगरानी गरिने प्रहरीले जनाइएको छ ।

“अरू सपोर्टबाहेक (ट्राफिक, बम डिस्फोजल) करिब १५ सय सुरक्षाकर्मी परिचालन गरेका छौँ । हामीले प्रहरीको कन्ट्रोल रुमबाटै निगरानी गर्नका निम्ति ४० वटा क्यामेरा समेत जडान गरेका छौँ । प्रहरीको सहयोगमा सशस्त्र सधैँ नै हुने गर्दछ,” जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले भने ।

प्रतियोगिता यही मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ । यो नेपाली क्रिकेट इतिहासमै फ्लडलाइटमा हुन लागेको पहिलो प्रतियोगिता समेत हो ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा गरिनेछ । लिगका नौ खेल दिउँसो खेलाइनेछ । २३ खेल डे–नाइट अर्थात् फ्लडलाइटमा हुने क्यानले जनाएको छ ।

एनपीएलमा लिग चरण, प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो संस्करणमा पनि पहिलोकै आठ टिम प्रतिस्पर्धामा छन् । ती आठ टिम जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स हुन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -