राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.बीच केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय स्तरीय खेलकुद प्रतियोगिता पाँच वर्षसम्म सहकार्य गरी आयोजना गर्ने ऐतिहासिक सम्झौता भएको छ।
सम्झौता पत्रमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष सुवास प्रधानले हस्ताक्षर गरेका छन्। यस सम्झौताअनुसार नेपाल सरकारबाट विनियोजन गरिएको रकम र निजी क्षेत्रबाट प्रायोजक खोजी गरी प्रतियोगिताहरू थप प्रभावकारी रूपमा आयोजना गरिनेछ।

देशमै पहिलोपटक भएको यस प्रकारको सहकार्यले नेपाली खेलकुदमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।








































