Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२७:१९ बिहान
- ADVERTISEMENT -

मधेस सत्ता संकट :  मुख्यमन्त्री नियुक्ति र शपथ विवादबारे सर्वोच्चमा आज सुनुवाइ

प्रकाशित मिति: २०८२ कात्तिक ३०, आइतबार

154
Shares

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दर्ता रिटमाथि सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा अन्तरिम आदेशसम्बन्धी सुनुवाइ तोकिएको हो ।

पछिल्लो केही समययता अस्थिर रहँदै आएको मधेस प्रदेश सरकारले हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको छ । तर, यादवलाई मुख्यमन्त्री नियुक्ति तथा शपथ ग्रहण गराउने शैलीकै कारण राजनीतिक विवाद चर्किएको छ।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले महोत्तरी–सिन्धुली सिमानामा पर्ने बर्दिबास नगरपालिका–३ कालापानीस्थित पानस होटल पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएकी थिइन्। राजधानी जनकपुरबाहिर होटलमै गएर शपथ खुवाइएको घटनालाई गैर–संवैधानिक रहेको भन्दै विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्।

यही विवादका बीच एमालेबाहेकका सात दलका सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा ७४ सांसदद्वारा दर्ता रिटमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा वैध ढंगले सरकार गठन हुनुपर्ने माग गरिएको छ। उनीहरूले प्रदेश प्रमुखले एमाले संसदीय दलका नेतालाई मात्र आह्वान गरेर सरकारले विश्वासको मत नपाउने परिस्थिति सिर्जना भएको आरोप लगाएका छन्।

अब हुने सुनुवाइले मधेस प्रदेशको सत्ता–व्यवस्थापन कता मोडिने हो भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -