बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि मुम्बइको अस्पतालमा भर्ना गरिएको छ। उनका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले बीबीसी न्यूज हिन्दीलाई उनको मुम्बइस्थित क्रिटिकल केयर अस्पतालमा भर्ना गरेको बताएका छन्।
उनका अनुसार मंगलबार साँझ करिब ८:३० बजेतिर गोविन्द आफ्नो घरमा अचानक बेहोस भएका थिए। सुरुमा उनलाई डाक्टरको सल्लाह अनुसार औषधि दिइएको थियो, तर पछि उनको अवस्था बिग्रिदै गएपछि अस्पतालमा भर्ना गरिएको हो।
चिकित्सकहरूले गोविन्दको अवस्था हाल स्थिर रहेको बताएका छन्। स्वास्थ्य परीक्षणको नतिजाको आधारमा उनको उपचार भइरहेको छ।







































