Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:३८ बिहान
- ADVERTISEMENT -

एकीकृत नेपाली घर – ‘नेपाल हाउस’ निर्माणका लागि ‘टोकियो सप्ताह–२०२५’ को भव्य उद्घाटन, भक्तजनहरुको उल्लेख्य उपस्थिति

प्रकाशित मिति: २०८२ कात्तिक २२, शनिबार

161
Shares

जापानमा ‘एकीकृत नेपाली घर तथा बहुसांस्कृतिक केन्द्र’ निर्माण गर्ने पवित्र उद्देश्यसहित आर्थिक स्रोत जुटाउन श्रीमद्भागवत ज्ञान महायज्ञ ‘टोकियो सप्ताह–२०२५’ आज (नोभेम्बर ८) देखि विधिवत् रूपमा सुरु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको आयोजना र जापानस्थित विभिन्न सामाजिक संघ–संस्थाहरूको सहकार्यमा सुरु भएको यो महायज्ञ नोभेम्बर १५ तारिखसम्म सञ्चालन हुनेछ।वैदिक विधिपूर्वक शुभारम्भमहायज्ञको पहिलो दिन टोकियोमा हजारौं जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य उपस्थिति रह्यो।

वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेल र महान् बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेले बिहान वैदिक विधिपूर्वक महायज्ञको उद्घाटन गर्नुभएको थियो।शुभारम्भपछि सनातन र बौद्ध धर्मअनुसार तोकिएका पूजाहरू सम्पन्न गरियो भने मण्डपमा कलश परिक्रमा गरिएको थियो।

उपस्थित श्रद्धालु भक्तजनहरू भजनकीर्तनमा मन्त्रमुग्ध भई सहभागी भएका थिए।महायज्ञको औपचारिक कार्यक्रममा सहभागी वक्ताहरूले यसलाई प्रवासमा नेपाली कला–संस्कृति, सनातन धर्म र बुद्ध धर्मको संरक्षण तथा आगामी पुस्तामा हस्तान्तरण गर्ने ‘कोसेढुङ्गा’ का रूपमा व्याख्या गरे।कार्यक्रममा जापानका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर पौडेल, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए उच्चस्तरीय समितिका अध्यक्ष महेश श्रेष्ठ, एनआरएनए एसिया प्यासिफिकका उपसंयोजक दिपक कँडेल लगायतले नेपाली घर निर्माणको पवित्र उद्देश्यमाथि प्रकाश पार्दै महायज्ञलाई सफल बनाउन सबैबाट सक्दो सहयोगको लागि आग्रह गरे।

धार्मिक गुरुहरूले सेवा, सकारात्मक कर्म र सामुदायिक एकताको सन्देश दिएका थिए।उद्घाटन कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले जापानबासी सबै नेपालीहरुको सहयोगले नेपाल हाउस निर्माण भएरै छाड्ने विश्वास व्यक्त गरे । उनले सबैलाई सहभागिताका लागि अनुरोध गर्दै यथासक्य आर्थिक सहयोगका लागि पनि अपिल गरेका थिए । कार्यक्रममा सहभागी भक्तजनहरूले जापानको व्यस्त जीवनमा यस्तो महान् धार्मिक अनुष्ठानले ‘घरदेशको झल्को मेटाएको’ र धार्मिक कार्यमा सरिक हुँदा मनमा शान्ति र आनन्द मिलेको बताएका थिए। पहिलो दिन देखिएको सहभागिताले नेपाली समुदायको बलियो एकता र महायज्ञप्रतिको आस्थालाई उजागर गरेको छ।

पहिलो दिन एकीकृत नेपाली घरका लागि आर्थिक, नैतिक तथा भौतिक रूपमा योगदान पुर्‍याएका एनआरएनए आइसीसीका उपाध्यक्ष रोबिन शेरचनलाई दुवै धार्मिक गुरुहरूले विशेष सम्मान गर्नुभयो। आयोजकका अनुसार दोस्रो दिनदेखि दानवीरहरूलाई नियमित रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ।भोलिको कार्यक्रम तालिका:नोभेम्बर ९ तारिखमा टुल्कु सोनाम गर्वाङ रिम्पोछेद्वारा बुद्ध अमिताभको अभिषेक गरिनेछ।सोही दिन वाचनप्रवीण पण्डित दीनबन्धु पोखरेलको विशेष आध्यात्मिक प्रवचन तथा सत्सङ्ग भजन सत्र र झाँकी प्रदर्शनको कार्यक्रम पनि रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -