Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१७:०१ बिहान
- ADVERTISEMENT -

काठमाडौंका लागि उडेको श्री एयरको जहाज डेढ घण्टा फन्को लगाएर पुन: विराटनगर अवतरण

प्रकाशित मिति: २०८२ कात्तिक १३, बिहीबार

157
Shares

 विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको जहाज खराब मौसमका कारण पुन: विराटनगर फर्किएको छ ।

बिहानैदेखि पानी परेको साथै भिजिबिलिटीसमेत कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्यक उडान प्रभावित भएको छ ।

सोहीक्रममा विराटनगरबाट काठमाडौंका लागि उडेको श्री एयरको फ्लाइट नम्बर ७३२ को जहाज काठमाडौं अवतरण गर्न नसकेर १ घण्टा ३८ मिनेटपछि पुन: विराटनगर एयरपोर्ट फर्किएको छ । श्री एयरको विराटनगर-काठमाडौं उडान समय सामान्यतया २५ देखि ३० मिनेट हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले प्रतिकूल मौसमका कारण आज आन्तरिकतर्फ केही उडान ‘डाइभर्ट’ हुनका साथै भरतपुर र तुम्लिङटार विमानस्थलको उडान बन्द गरिएको बताएका छन् । पोखरा विमानस्थल आगमन बन्द छ भने ‘डिपार्चर’ मात्रै खुलेको छ । भैरहवाबाट काठमाडौं उडेको जहाज पनि उतै फर्किएको छ ।

अन्तर्राष्ट्रियतर्फ नेपाल एयरलाइन्सको विमान भारतको नयाँदिल्ली डाइभर्ट भएको छ । इण्डिगो एयरको विमान नयाँदिल्ली र एयर इण्डिया लखनऊ डाइभर्ट भएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी दुई हजार ५०० मिटर रहेको प्रवक्ता शेर्पाले बताए । इनरुट वेदर खराबीले आन्तरिक उडानमा समस्या भएको विमानस्थल कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -