Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:४७ बिहान
- ADVERTISEMENT -

एनआरएनए क्यालिफोर्निया च्याप्टरमा नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण, कुल प्रसाद ढकाल (के.पी) अध्यक्षमा

प्रकाशित मिति: २०८२ असोज ३, शुक्रबार

233
Shares

एनआरएनए गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको नयाँ नेतृत्वलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिएको छ। पूर्व उपाध्यक्ष गीता बजगाईंको सभापतित्वमा आयोजित विशेष समारोहबीच नव–निर्वाचित अध्यक्ष कुल प्रसाद ढकाल के पी सहितको नयाँ कार्यसमितिले जिम्मेवारी ग्रहण गरेको हो।

कार्यक्रममा एनआरएनए केन्द्रका प्रतिनिधिहरू — सन्तोष पहरी, प्रदीप चौलागाई, करिना कुँवर, संसार चौलागाई, हेम ठकुल्ला र राजु शाह — को विशेष उपस्थिति रहेको थियो। नव–अध्यक्ष ढकालले उनीहरूको सहभागिताले कार्यक्रमलाई अझ अर्थपूर्ण र गरिमामय बनाएको बताए। साथै, शुजित सिंह, विनोद पुन मगर र राज शर्माको विशेष योगदानप्रति खुलेर आभार प्रकट गरे।

समारोहको स्वागत मन्तव्य निवर्तमान महिला सचिव सुशीला खनालले दिनुभएको थियो। कार्यक्रममा क्यालिफोर्नियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा एनआरएन समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अनुपस्थित भए पनि सद्भाव व्यक्त गर्ने सबैप्रति अध्यक्ष ढकालले धन्यवाद ज्ञापन गरे।

नयाँ नेतृत्वको तर्फबाट आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै अध्यक्ष ढकालले भने, “अब नयाँ यात्रामा, तपाईं सबैसँग हातेमालो गर्दै हाम्रो समुदायलाई एकताबद्ध बनाउने मेरो प्रयत्न रहिरहनेछ। तपाईंहरू सबैको साथ, सहयोग र सद्भाव सधैं यसैगरी रहोस् भन्ने कामना गर्दछु।”

उनले पूर्व नेतृत्वहरूको समर्पण, मेहनत र माया बिना यो हस्तान्तरण सम्भव नहुने पनि स्मरण गरे। कार्यक्रम समापनसँगै क्यालिफोर्नियामा रहेका नेपाली समुदायबीच एनआरएनएको नयाँ कार्यसमितिले प्रत्यक्ष संवाद र सहकार्यको प्रतीकका रूपमा आफ्नो यात्रा अघि बढाउने अपेक्षा गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -