Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०७:२४ दिउँसो
- ADVERTISEMENT -

सामान्य प्रशासनका २२ वटा गाडीमा आगजनी, भुईंतलामा रहेका सबै सामग्री जले

प्रकाशित मिति: २०८२ भदौ ३०, सोमबार

130
Shares

जेनजी पुस्ताको प्रदर्शनका क्रममा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २२ वटा गाडीमा आगजनी भएको छ ।
 
“हाम्रो मन्त्रालयका २२ वटा गाडीमा आगजानी भएको छ । सबै गाडी ध्वस्त भएका छन्,” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले  भने, “मन्त्रालय भवनमा पनि आगजनीले क्षति गरेको छ ।”
 
जेनजीले भदौ २३ गते काठमाडौं उपत्यकासहित देशभर प्रदर्शन गरेका थिए । सुशासन, बन्द गरिएका सामाजिक सञ्जाल खुलाउनु पर्ने र भ्रष्टाचारविरुद्ध जेनजीले प्रदर्शन गरेका थिए ।
 
भदौ २३ गतेको प्रदर्शनमा प्रहरीले गरेको दमनमा देशभर १९ जनाको मृत्यु भएपछि भदौ २४ गतेको प्रदर्शन हिंसात्मक बनेको थियो ।
 
प्रदर्शनकारीले भदौ २४ गते सिंहदबार र त्यहाँ रहेका अन्य मन्त्रालय, सर्वोच्च अदालत, संसद् भवनलगायत सरकारी तथा निजी भवनहरूमा तोडफोड र आगजनी गरेका थिए ।

“हाम्रो मन्त्रालयको ग्राउन्ड फ्लोर आगजनीले पूरै क्षति गरेको छ । त्यहाँ रहेका कागजात, कम्प्युटर, ल्यापटप, टेबल, कुर्सी सबै जलेका छन् । माथिल्ला तलाहरूमा भने आगोले असर गरेको छैन,” प्रवक्ता पराजुलले भने । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -