Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:४३ बिहान
- ADVERTISEMENT -

५८ वर्ष नाघेका कर्मचारीले यसै वर्षदेखि अवकाश पाउने निश्चित, सरकारले छोड्यो अडान

प्रकाशित मिति: २०८२ भदौ १७, मंगलबार

111
Shares

निजामती सेवाका कर्मचारीका लागि अनिवार्य अवकाशको उमेरसम्बन्धी छलफलमा सरकार र सत्तापक्षले आफ्नो अडान परिवर्तन गरेको छ । अब यस वर्षमा ५८ वर्ष उमेर पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानुपर्ने व्यवस्था लागू हुने भएको हो ।

मंगलबार बिहान बसेको राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले यस वर्ष ५८ वर्ष उमेरमा अनिवार्य अवकाश दिने प्रावधानमा सरकार सहमत भएको जानकारी दिइन् । ‘समितिमा यसअघि सहमति भइसकेको विधेयक पारित भएको वर्षमा अनिवार्य अवकाश उमेर ५८ वर्ष राख्ने कुरामा सरकार तयार भएको छ’, उनले भनिन् । 

सोमबारको बैठकमा मुख्यसचिवसहित केही सचिवहरूको सेवा अवधि एक वर्ष थप गर्नुपर्ने प्रस्तावमा मन्त्री न्यौपाने थिइन् । यसमा सत्तारुढ दलका सांसदको पनि साथ थियो । उनीहरूले यसै वर्ष ५९ वर्ष उमेरमा अवकाश दिनुपर्ने माग गर्दै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा क्रमशः ५८, ५९ र ६० वर्षमा अनिवार्य अवकाशको प्रावधान राखिएको थियो । प्रतिनिधिसभाले पनि सोही विधेयक जस्ताको तस्तै पारित गरिसकेको छ ।

यो निर्णयसँगै अहिले ५८ वर्ष उमेर पूरा गरेका कर्मचारीले यसै वर्ष अनिवार्य अवकाश पाउने निश्चित भएको छ । सरकारको पछिल्लो निर्णयले निजामती सेवामा नयाँ पुस्तालाई स्थान दिने अपेक्षा गरिएको छ भने केही वरिष्ठ अधिकारीको सेवा अवधि थपिने सम्भावना टरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -