Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१४:५७ बिहान
- ADVERTISEMENT -

प्रहरी नेतृत्व छनोटमा ‘चमत्कार’, अवकाशको पाँच दिनअघि नै नयाँ आईजीपी नियुक्त

प्रकाशित मिति: २०८२ भदौ १३, शुक्रबार

123
Shares

अवकाश भएर बिदाइको लागि प्रहरी प्रधान कार्यालयमा कार्यक्रम राखिसक्दा पनि नयाँ प्रहरी महानिरीक्षक कुरेर बस्न बाध्य प्रहरी संगठनमा सरकारले ‘चमत्कार’ गर्दै बहालवाला आईजीपीको अवकाशको पाँच दिनअघि नै नयाँ आईजीपी नियुक्तिको निर्णय गरेको छ।

भदौ १८ मा दीपक थापा अवकाशमा जाने भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

अवकाशको ३० वर्षे सेवा अवधिका कारण थापा आईजीपी नियुक्त भएको छ महिनामै अवकाशमा जान लागेका हुन्। प्रतिनिधि सभामा पुगेको प्रहरी विधेयक पारित भएको भए थापाको छ महिना अवधि लम्बिन्थ्यो।

विद्यमान अवकाशको कानुन संशोधन नभए केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख रहेका खापुङ दुई महिनामै अवकाशमा जानेछन्।

खापुङ २०५२ सालमा प्रहरी निरीक्षक हुँदै प्रहरीमा प्रवेश गरेका थिए। खापुङ पनि हालका महानिरीक्षक थापाकै ब्याचका हुन्।

उनी वैकल्पिक उम्मेदवारका रूपमा दुई महिनापछि भर्ना भएकाले आइजीपी नियुक्त भए। थापासँगै नियुक्त भएको भए सँगै अवकाशमा जान्थे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -