Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५०:२४ बिहान
- ADVERTISEMENT -

सुर्खेतका युवकले कुवेत आएको आठौं दिनमै फ्लाइओभरबाट हामफालेर गरे आत्महत्या

प्रकाशित मिति: २०८२ भदौ १०, मंगलबार

198
Shares

कुवेतमा एक नेपालीले फ्लाइओभर (पुल) बाट हाम फालेर आत्महत्या गरेका छन् । सुर्खेत, वीरेन्द्रनगर ४ शिवनगरका हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर ज्यान गुमाएका हुन् ।

२३ वर्षीय गौतम ८ दिनअघि (अगस्ट १७) मात्रै कुवेतस्थित एक होटलमा सवारी चालकको रूपमा काम गर्न आएका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार सोमबार बिहान करिब ७ बजे उनी फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर मुख्य सडकतर्फ हाम फालेका थिए । व्यस्त सडक बीचमा खसेका कारण हुइँकिएर आएका गाडीले समेत उनलाई किचेको छ ।

सहकर्मीहरूका अनुसार गौतमको मानसिक अवस्था कमजोर थियो र कुवेत आएको दोस्रो दिनदेखि नै अस्वाभाविक व्यवहार देखाइरहेका थिए । यसबीचमा उनी २-३ दिनसम्म हराएका पनि थिए । मजदुर शिविर छोडेर हराएका उनी पुनः कम्पनीकै शिविरमा फर्किएको सहकर्मीले जानकारी दिएका छन् ।

घटनाको दिन बिहान सहकर्मीहरूले उनलाई अस्पताल लैजाने तयारी गरेका थिए । तर, अचानक भागेर पुलमा पुगेका उनले कपडा र पर्स छेउमै राखेर पुलमाथिबाट हाम फाले । सडकमा यात्रा गरिरहेकाहरुले उनको अस्वाभाविक गतिविधि देखेर भिडिओ खिच्न भ्याएका छन् ।

कुवेतस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई खबर गरिसकिएको र कम्पनीसँग समन्वय गरी शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जनाएको छ ।

दूतावासका अनुसार हाल कुवेतमा नेपालीको संख्या बढेसँगै आत्महत्या, सडक दुर्घटना, अवैध मदिरा सेवन, लागुऔषधको प्रयोग तथा ओसारपसारजस्ता घटना बढेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -