Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:००:३३ बिहान
- ADVERTISEMENT -

कर्मचारी निकालेको क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलरको जरिवाना

प्रकाशित मिति: २०८२ भदौ २, सोमबार

195
Shares

अष्ट्रेलियाको एक अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेको मामिलामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ।

बीबीसीका अनुसार, अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यस निर्णयलाई स्वागत गरेको छ । फेयर वर्क एक्ट अन्तर्गत कुनै अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको युनियनले जनाएको छ ।

संघीय अदालतका न्यायाधीश माइकल लीले यो सजायँ अरू कम्पनीहरूका लागि पनि एउटा उदाहरण बन्ने बताए। क्वान्टास एयरलाइन्सले अदालतले तोकेको जरिवाना तिर्ने प्रतिक्रिया दिएको छ ।

कम्पनीले यस निर्णयले आफ्ना कर्मचारीहरूलाई नोक्सान पुर्‍याउने कामबापत आफूलाई जिम्मेवार ठहराएको पनि बताएको छ । क्वान्टास ग्रुपकी सीईओ भानेसा हडसनले भनिन्, ‘हामी १ हजार ८२० ग्राउन्ड ह्यान्डलिङ कर्मचारीहरू र उनका परिवारहरूसँग माफी माग्छौं, जसले यो दुःख सहनुपर्‍यो।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -