Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०१:१६ बिहान
- ADVERTISEMENT -

गोरखा बजारमा रहेकाे एनपिआई गाेरखा अस्पताल भाद्र १ गतेदेखी सञ्चालनमा आउने

प्रकाशित मिति: २०८२ साउन २८, बुधबार

166
Shares

गोरखा सदरमुकाममा निजी स्तरबाट निर्माण गरिएकाे सुविधा सम्पन्न अस्पताल भाद्र १ गतेदेखी नियमित सञ्चालनमा आउने भएको छ । गोरखा र चिवतनका ब्यवसायीहरु मिलेर ५५ करोड ७५ लाख २५ हजार खर्चेर बनेकाे एनपिआई गाेरखा अस्पताल नियमित सञ्चालनमा ल्याउन लागिएकाे अस्पताल ब्यवस्थाप समितिका अध्यक्ष लेखराज पन्त (हरी)ले बताए ।

गोरखा नगरपालिका–८ को अर्चले फाँट, नमूना प्रतिक्षालय टोलमा हालै निर्माण सम्पन्न भएको अस्पताल चितवनको भरतपुरमा रहेको एनपिआइ नारायणी सामुदायिक अस्पताल संग आबद्व रहेको अध्यक्ष पन्तले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनकोलागि हालै मात्र गण्डकी प्रदेशको स्वास्थय मन्त्रालयबाट १०० बेडको स्विकृती पाएको हाे ।

अत्याधुनिक मेशिनहरु जडित अस्पतालमा सबै प्रकारकाे सेवा सुविधा लिन सकिने भएकाे छ । २०७७ साल माघ ५ गतेबाट निर्माण सुरु गरेको अस्पताल ६ बर्षमा निर्माण सम्पन्न भएको थियाे । भवन निर्माणकोलागि शेयर सदस्यहरुबाट २२ करोड ८८ लाख र बैंक मार्फत २६ करोड २२ लाख ऋण लिएर निर्माण गरिएको अध्यक्ष पन्तले बताए ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा बहिरंग र अन्तरंगका साथै, भिआईपीहरुको सेवाकालागि समेत वार्ड बनाइएको छ । जिल्लामा नै पहिलो पटक अस्पतालले सिटी स्क्यान मेशिन जडान गरेको छ । अस्पतालले सुरुमा ७ विशेषज्ञ चिकित्सकहरु सहित सेवा दिने भएको छ । अस्पतालले ७ विशेषज्ञहरुमा फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्ट सेवा दिने भएको छ ।

त्यस बाहेक पनि नाक, कान, घाँटी रोग, छालारोग र नशा तथा मानसिक रोगका चिकित्सक सेवा समेत अस्पतालबाट पाउन सकिने भएको छ । अस्पतालले आफ्नै फार्मेशी समेत सञ्चालनमा ल्याउन लागेको अध्यक्ष पन्तले जानकारी दिए । अस्पतालले आज हिन्दु परम्परा अनुसार बिशेष पूजा अर्चना गरेकाे छ । अस्पताल शुभारम्भ भएकाे शुभअवसर पारेर भाद्र १ गते सबै प्रकारकाे उपचारमा ५० प्रतिशत र २ र ३ गते २५ प्रतिशत छुटकाे समेत ब्यवस्था मिलाएकाे अध्यक्ष पन्तले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -