Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१६:५० दिउँसो
- ADVERTISEMENT -

मनसुनका ६० दिन : देशैभरि सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

प्रकाशित मिति: २०८२ साउन १५, बिहीबार

210
Shares
ध्वाँजा परेको खेत तुलसीपुर, १० साउनः दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुरमा खडेरीले ध्वाँजा परेको खेत । पानीको मुहान नफुट्दा अहिले धान खेतमा पानी प्रयाप्त हुन सकेको छैन । तस्बिरः दीपक बोहरा÷रासस

 राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनका ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ ।

गएको जेठ १५ गते (मे २८) राति मनुस नेपाल भित्रिएको थियो । त्यसयता साउन ११ गतेसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो ।

जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन केही समयपछि निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणले जनाएको छ

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, यो अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्र ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यसपालि कम छ । मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ ।

“असार २४ गते रसुवाको भोटेकोसी नदीमा अकस्मात् आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । वर्षा नै नभई रातको समयमा अकस्मात् बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन् । बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अंग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ,” प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–८, इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

यो वर्षको मनसुनमा पानी कम परेका कारण मधेस प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइँ र बालीनाली लगाउनुपर्ने बेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ ।

पिउने पानी र सिँचाइका स्रोत समेत सुकेपछि मधेस प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ । मधेसलाई संघीय सरकारले यही साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेसकेन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ ।

तीनै तहका सरकार र विभिन्न संघसंस्थाको सहकार्यमा दीर्घकालीन समाधानका निम्ति पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने कार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ । रासस

प्रतिवेदन पढ्नोस्–

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -