तेस्रो प्रोलिफिक एसई फुटबल कपको पूर्वसन्ध्यामा साइपाल कलेजमा एक विशेष पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम साविकको प्रोलिफिक र हाल साइपाल कलेजको आफ्नै भवनस्थित फुटसल मैदानमा विद्यालयका शिक्षक, सञ्चारकर्मी, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो।


कार्यक्रमको अध्यक्षता गोपालबहादुर महतले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गणेश जोशी सहभागी हुनुहुन्थ्यो। अतिथिका रूपमा भावना खड्का, ललिता पाण्डे र सुदर्शन थपलियाले आ-आफ्नो आसन ग्रहण गर्नुभएको थियो। कार्यक्रम संयोजकको रूपमा सरोज न्यौपाने रहनुभएको थियो।
प्रोलिफिक एस. इ. इ. फुटसल कप विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको छ। यसवर्ष प्रतियोगिता असार १४ र १५ गते आयोजना गरिनेछ। प्रतियोगिताबाट विद्यार्थीहरूमा खेलकुदप्रति रुचि, टीम भावना र प्रतिस्पर्धात्मक सोचको विकास हुने विश्वास लिइएको छ।









































