भिमसेन थापा–४, चौतारा — छाया दत्त बाबुराम स्मृति प्रतिष्ठानको आयोजनामा श्री भगवती माध्यमिक विद्यालयमा एक विशेष कार्यक्रमका बीच सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा स्कुल झोला वितरण गरिएको छ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद भट्टको प्रमुख आतिथ्यमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन सिमखडाको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष प्रेमप्रसाद भट्ट, सदस्य सचिव राजेशकुमार भट्ट तथा सदस्य भीमाकुमारी पराजुलीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अध्यक्ष टिकाप्रसाद भट्ट र सदस्य सचिव राजेशकुमार भट्टले मन्तव्य राख्दै संस्थाको उद्देश्य, योगदान र आगामी योजनाहरूको बारेमा जानकारी गराएका थिए।
विद्यालयका तर्फबाट प्रधानाध्यापक चन्द्रप्रसाद भट्ट र व्यवस्थापन समितिका अध्यक्ष सुजन सिमखडाले मन्तव्य राख्दै प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीय बुद्धिजीवी, पूर्व प्रधानाध्यापक, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शैक्षिक सहयोगमार्फत विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको विद्यालय र प्रतिष्ठान दुवै पक्षले जनाएका छन्।








































