Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४९:०० बिहान
- ADVERTISEMENT -

७ करोड १० लाख रुपैयाँको मन्थली चिस्यान केन्द्र अलपत्र

प्रकाशित मिति: २०८२ जेठ २५, आइतबार

123
Shares

रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा निर्माण भएको तरकारी तथा फलफूल चिस्यान केन्द्र अझै सञ्चालनमा नआएपछि अलपत्र परेको छ।

बागमती प्रदेश सरकारले पाँच करोड र मन्थली नगरपालिकाले २ करोड १० लाख रुपैयाँ लगानी गरी कुल ७ करोड १० लाख रुपैयाँमा बनाएको चिस्यान केन्द्र आर्थिक वर्ष २०७८/०७९ देखि नै सञ्चालनमा आउनुपर्ने थियो। तर सञ्चालन खर्च धेरै देखिएपछि सञ्चालनका लागि कुनै योजना बनाउन सकेको छैन।

चिस्यान केन्द्रहरूको निर्माण कार्य पनि अझै अधुरो छ। केन्द्र वरिपरि कुनै घेराबार नहुँदा बनेका संरचना असुरक्षित छन्। स्थानीय उद्धव सुवेदीले भने, ‘लामो समयदेखि अलपत्र छ, न संरक्षण छ, न सञ्चालनमा आएको छ।’

बागमती प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने भएपनि अहिलेसम्म हस्तान्तरण भएको छैन्। विद्युत बिल धेरै आउने र भण्डारण गर्न पर्याप्त सामान नहुँदा स्थानीय तहमा सञ्चालनको ठूलो आर्थिक भार पर्ने प्राविधिकहरू बताउँछन्।

मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले प्रदेश सरकारले निर्माण सकाएर हस्तान्तरण गरेपछि नगरपालिका सञ्चालनका लागि योजना बनाउने बताउँछन्।

बागमती प्रदेशका सबै जिल्लामा चिस्यान केन्द्र निर्माण गर्ने ठेक्का एउटै कम्पनीले पाएको थियो। उसले कार्य सम्पादन गरेर हस्तान्तरण गरेको छैन।

बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठले भने, ‘सबै चिस्यान केन्द्र एकैपटक स्थानीय तहलाई हस्तान्तरण हुनुपर्ने हो तर अहिलेसम्म हुन सकेको छैन, यस विषयमा प्रदेश सरकारमा छलफल भइरहेको छ।’

यसरी चिस्यान केन्द्र सञ्चालनमा नआएपछि प्रदेश र स्थानीय तहको ७ करोड १० लाख रुपैयाँ लगानी जोखिममा परेको छ। कृषकहरूले पनि सुविधा लिन पाएका छैनन्। चिस्यान केन्द्रको प्यासेज र अगाडिको भाग स्थानीयलाई निर्माण सामग्री थुपार्ने ठाउँ बनेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -