Opens in a new tab
२०८३ मंसिर १, सोमबार
११:०६:१६ बिहान
- ADVERTISEMENT -

सरकारको तरिकाले असार १५ मा शिक्षा विधेयक पारित सम्भव छैन : सभापति थापा

प्रकाशित मिति: २०८२ जेठ १९, सोमबार

173
Shares

 शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सरकारको रवैया कायमै रहे असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित सम्भव नरहेको बताएका छन् ।

विवादित विषय छलफल गरेर टुंग्याउनुपर्ने भए पनि सरकारले बारम्बार  समितिको बैठक प्रभावित गरेकाले  असार १५ मा विद्यालय शिक्षा विधेयक पारित गर्न सम्भव  नरहेको बताए । ‘मैले आज छलफल राखेको थिएँ । धेरै कुरा टुंग्याएर हाउसमा विधेयक पठाउनुपर्ने छ । मन्त्रीले नआउने जानकारी गराएपछि समितिको बैठक अघि बढ्न सकेन,’ उनले नेपालभ्युजसँग भने ।

शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकहरूसँग आफु वार्तामा रहेकाले बैठकमा आउन नसक्ने जानकारी सभापति थापालाई गराएका छन् । शिक्षक र सरकारबीच सम्झौता हुँदा विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिवद्धता सरकारले जनाएको थियो ।

उपसमितिले प्रतिवेदन दिए पनि समितिमा शिक्षा विधेयकका अझै केही विषयहरूमाथि छलफल चलिरहेको छ । जसमा सरकार र सांसदहरूको फरक–फरक तर्क चलिरहेको छ । समितिका सभापति थापाका अनुसार विधेयकमा बाल विकास शिक्षक, विद्यालय कर्मचारी, निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने विषयमा समितिमा छलफल चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -