भारतले पाकिस्तानविरुद्ध गरेको हवाई आक्रमण बारे प्रेस ब्रिफिङमार्फत जानकारी दिएको हो ।
भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेर आक्रमणको जानकारी दिएका हुन् । भारतीय सशस्त्र सेनाले गरेको ‘अपरेशन सिन्दूर’ गएराती भारतीय समय अनुसार बिहान १.०५ बजेदेखि १.३० बजेसम्म सञ्चालन गरिएको जानकरी दिइएको छ । यस क्रममा आतंककारी लुकेका ठाउँहरूलाई निशाना बनाइएको थियो । सेनाले पाकिस्तान भित्र १०० किलोमिटर भित्र मिसाइल आक्रमण गरेको र नौ आतंकवादी लुक्ने ठाउँहरू ध्वस्त पारेको बताइएको छ । भारतको आक्रमणले पीओकेमा पाँच र पाकिस्तानमा चार आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको सो अवसरमा जानकारी दिएको छ ।
यसअघि पत्रकार सम्मेलनमा संसद आक्रमण, मुम्बई आक्रमण, पुलवामा आक्रमण र पहलगाम आक्रमणका दृश्यहरू देखाइएको थियो । सबैभन्दा पहिले, विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाका पीडित नागरिक र उनीहरूका परिवारलाई न्याय प्रदान गर्न अपरेशन सिन्दूर सञ्चालन गरिएको बताए ।
उनले भने- ‘नौ स्थानहरू पहिचान गरी नष्ट गरिएको थियो। यी लुक्ने ठाउँहरूमा आतंककारीहरूलाई तालिम दिइएको थियो । यी आतंककारीहरूको लन्च प्याड थिए । विश्वसनीय गुप्तचर जानकारीको आधारमा अपरेशन सिन्दूरको लागि यी लक्ष्यहरू छनोट गरिएको थियो । यसमा आवासीय क्षेत्र र आम नागरिकलाई हानि नपुगोस् भन्ने कुरामा ध्यान दिइएको थियो ।’








































