बेलायत, १० जेठ २०७६ । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । उनको राजीनामा आगामी जुन ७ बाट लागु हुनेछ । उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
३ बर्ष सम्म पनि युरोपियन युनियनबाट बेलायतलाई अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा लान नसकेपछि उनले राजीनामा दिएकी हुन् ।
राजीनामाको घोषण गर्दै थेरेसा मेलेले भावुक सम्बोधन पनि गरेकीछिन् । उनले बेलायतलाई युरोपियन युनियनबाट अलग गर्न आफुले निकै प्रयास गरेको बताउँदै ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेकोमा पश्चाताप भएको भन्दै राजीनामा घोषणा गरेकी हुन् । राजीनामा दिँदै गर्दा उनी रोएकी थिईन् ।
सम्बोधनकै क्रममा उनको गलासमेत अवरुद्ध भएको थियो । उनले सम्बोधनकै क्रममा आफु बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री भए पनि बेलायतका लागि यो नै अन्तिम भने नरहेको बताईन् ।








































