हङकङसँग मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबलका ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ।
प्रशिक्षक म्याट रोसले जुन ५ मा हङकङमा मैत्रीपूर्ण खेलका लागि खेलाडी बन्द प्रशिक्षणमा बोलाएका हुन्। यो खेल हङकङको मैदानमा हुनेछ।
नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले जुन १० मा लाओससँग खेल्दैछ।
नेपालको प्रारम्भिक टोलीः
अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामभाङ, अञ्जन विष्ट, एन्जल श्रेष्ठ, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार(गोलकिपर), दिप कार्की(गोलकिपर), जिलेस्पी जंग कार्की, किरण चेम्जोङ(गोलकिपर), कृतिश रत्न छुन्जु, कुलदिप कार्की, कुशल देउवा, लकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सिर्जन राई, सुदिप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यु ठकुरी, सुवास ठकुरी बम र योगेश गुरुङ









































