Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:४२ दिउँसो
- ADVERTISEMENT -

इरानको बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो

प्रकाशित मिति: २०८२ वैशाख १४, आइतबार

99
Shares
TOPSHOT - Thick, black smoke rises as rescuers arrive near the source of an explosion at the Shahid Rajaee port dock southwest of Bandar Abbas in the Iranian province of Hormozgan on April 26, 2025. Several containers exploded on April 26 at Iran's largest commercial port, authorities said, causing a major blast and fire, and leaving hundreds injured. Shahid Rajaee, more than 1,000 kilometres (620 miles) south of the capital, is the most advanced container port in Iran, according to the official IRNA news agency. (Photo by MOHAMMAD RASOLE MORADI / IRNA / AFP)

इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार भएको उक्त घटनामा अन्य आठ सय जना घाइते भएका छन् ।

सरकारी सञ्चार माध्यमले जनाएअजुसार एक दिनपछि आइतबार आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

विश्वको तेल उत्पादनको पाँचौं भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।

बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

सुरक्षा मामिलामा छलफल गर्न नाम नछाप्ने सर्तमा न्युयोर्क टाइम्सले इरानको ईस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्ध राख्ने एक व्यक्तिलाई उद्धृत गर्दै मिसाइलका लागि ठोस इन्धनको एक प्रमुख सामग्री सोडियम पक्र्लोरेटका कारण विस्फोट भएको बताएको छ ।​​

इरानी राज्य टेलिभिजनले आइतबार १८ जना मारिएको र आठ सय घाइते भएको अद्यावधिक तथ्याङ्क दिएको छ । घटनास्थलबाट लाइभ फुटेजमा अझै पनि बाक्लो कालो धुवाँ देखिन्छ ।

चीनको सरकारी प्रसारक सीसीटीभीले बन्दर अब्बास वाणिज्य दूतावासलाई उद्धृत गर्दै तीन चिनियाँ नागरिक ‘हल्का घाइते’ भएको बताएको छ ।​

फार्स न्युज एजेन्सीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यो लगभग ५० किलोमिटर (३० माइल) टाढाबाट महसुस र सुनिएको थियो ।​

इरनाका तस्वीरहरूले तेहरानबाट एक हजार किलोमिटर दक्षिणमा रहेको शाहिद रजाईमा भएको विस्फोटपछि भग्नावशेषले ढाकिएको फराकिलो मार्गमा हिँडिरहेका उद्धारकर्ताहरू र बाँचेका व्यक्तिहरू देखाइएको छ ।

ज्वालाले एउटा ट्रक ट्रेलरलाई घेरेको थियो र रगतले कुच्चिएको कारको छेउमा दाग लागेको थियो भने एउटा हेलिकप्टरले थुप्रिएका सिपिङ कन्टेनरहरूको पछाडिबाट बाक्लो कालो धुवाँका बादलहरूमा पानी खसालिरहेको थियो ।

स्थानीय आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै सरकारी टेलिभिजनले ‘सयौंलाई नजिकका मेडिकल सेन्टरहरूमा स्थानान्तरण गरिएको’ बताएको छ भने प्रान्तीय रक्त प्रतिस्थापन केन्द्रले दानका लागि आह्वान गरेको छ ।​

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले घातक विस्फोटका पीडितहरूप्रति सहानुभूति व्यक्त गर्दै ‘स्थिति र कारणहरूको अनुसन्धान गर्न आदेश जारी गरेको’ बताए ।

घटनास्थलमा पछि गृहमन्त्री इस्कन्दर मोमेनीले राज्य टीभीलाई भने, ‘अन्य शहर र तेहरानबाट सबै स्रोतहरू पठाइएको छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -