Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:२२ दिउँसो
- ADVERTISEMENT -

शिक्षकका मागबारे कांग्रेस सकारात्मक, अन्योलमा पर्यो वैशाख ११ देखि सुरुहुने कक्षा १२ को परीक्षा

प्रकाशित मिति: २०८२ वैशाख २, मंगलबार

221
Shares

शिक्षा ऐन अविलम्ब जारी गर्न आग्रह गर्दै आन्दोलनरत शिक्षकहरूका प्रतिनिधि सत्तारुढ नेपाली कांग्रेसको कार्यालय र सभापति शेरबहादुर देउवाको घरमा पुगेका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सोमबार साँझ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा शिक्षकहरूले छलफल गरे। महामन्त्रीद्वयले नेपाल शिक्षक संघका पदाधिकारी तथा अगुवाहरूसँग हालको आन्दोलन र शिक्षकको मागबारे छलफल गरे।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार छलफलमा शिक्षकहरूको आन्दोलन, माग तथा समाधानका सम्भाव्य पहलबारे विचार–विमर्श भएको थियो। शिक्षकको माग सम्बोधनका लागि पार्टीको तर्फबाट पहल गर्ने जनाइएको छ।

महामन्त्रीद्वयलगायतले शिक्षकको जायज मागको सम्बोधनका लागि सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै आएका छन्।

त्यस्तै, गत चैत २८ गते सोमबार कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवास बूढानीलकण्ठमा नेपाल शिक्षक संघका प्रदेश अध्यक्षहरूले भेटेर शिक्षा ऐन जारी गर्न माग गरेका थिए।

सभापति देउवा र शिक्षकहरूबीचको छलफल सकारात्मक दिशातर्फ उन्मुख भएको कांग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले जानकारी दिएका थिए। उनले भनेका थिए,‘सभापति देउवा र शिक्षकहरूबीचको छलफल उत्साहजनक भएको छ।’

कांग्रेसले आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेको थियाे। कांग्रेस शिक्षा विभाग प्रमुख नैनसिंह महरले गत सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन र त्यसबाट प्रभावित बनेको विद्यालयको पठनपाठनप्रति चिन्ता व्यक्त गर्दै सरकारले संवाद सुरु गर्नुपर्ने बताएका थिए।

उनले शिक्षक महासंघसँग सरकारले विगतमा गरेको सहमति कार्यान्वयन गर्नुपर्ने भन्दै विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग पनि गरेका थिए।

गत चैत २० गतेदेखि शिक्षक कर्मचारीहरू काठमाडौँमा आन्दोलनरत छन्। विगतमा सरकारसँग भएका सहमतिअनुसार अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघ नेतृत्वमा शिक्षकहरू निर्णायक दबाबका लागि आन्दोलनमा उत्रिएका हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -