Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३२:०७ दिउँसो
- ADVERTISEMENT -

शिक्षक कर्मचारीहरू वार्तामा नगएपछि शिक्षा मन्त्रालयले भन्यो- आमन्त्रणको अवज्ञा भयो

प्रकाशित मिति: २०८१ चैत २७, बुधबार

224
Shares

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आमन्त्रण गर्दा नआएपछि त्यसलाई ‘आमन्त्रणको अवज्ञा’ को रूपमा प्रतिक्रिया जनाएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आठ दिनदेखि काठमाडौँमा आन्दोलन जारी छ। यसबीचमा शिक्षा मन्त्रालयले दुईपल्ट वार्ता आमन्त्रण गरेको छ। मन्त्रालयले बिहीबार (२१ चैत) र मंगलबार (२६ चैत) मा गरी दुईपल्ट वार्ताको आमन्त्रण गरेको थियो।

दुईपटक नै शिक्षक कर्मचारीका प्रतिनिधिहरू वार्तामा नगएपछि मन्त्रालयले आमन्त्रणको अवज्ञाको रुपमा बुझेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले हिमालप्रेससँग भने। प्रवक्ता सापकोटाले भने, ‘सहनबाहेक अर्को विकल्प छैन। सरकार एक्सनमा जाने कुरा भएन। वार्ता आमन्त्रणको अवज्ञा भयो भन्ने बुझेका छौं।’

महासंघले हरेक समस्या वार्ता वा संवादबाटै समाधान हुन्छन् भन्नेमा महासंघको दृढ विश्वास रहेको जनाएको छ। आन्दोलनको लक्ष्य विभिन्न मुद्दा र विषयमा छलफल गरी नयाँ सहमति गर्नु नभई विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने रहेको महासंघद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले तत्काल वार्ताको कुनै औचित्य नभएको बताउँदै आफूहरूसँग बस्ने समय पनि ऐन निर्माणमै खर्चिन सरकारलाई आग्रह गरेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -