Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३१:०७ दिउँसो
- ADVERTISEMENT -

बीपीको शालिकमा मोसो दलिएको घटना के हो ?

प्रकाशित मिति: २०८१ चैत २४, आइतबार

207
Shares

 बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ मा रहेको बीपी कोइरालाको शालिकमा मोसो दलिएको भन्दै सामाजिक सञ्जालमा यसको विरोध भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहले मोसो दलेको भन्दै त्यसको विरोध भएको छ । राप्रपाका महामन्त्री तथा सांसद धवल शमशेर राणाको रिहाइ माग गर्दै शनिाबार साँझ राँके जुलुस भएको थियो ।

सो क्रममा राजावादी समूहले मोसो दलिएको आरोप छ । तर जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी तुलबहादुर कार्कीले भने मोसो नदलिएको बताए ।

आन्दोनकारी र प्रहरीको घम्साघम्सीमा बोराको टुक्रा शालिकमा परेको थियो । तुरुन्तै प्रहरीले हटाएको हो,’ एसपी कार्कीले अनलाइनखबरसँग भने, ‘कालोमोसो भने दलिएको छैन ।’

यता नेपाली कांग्रेस नेत्री एवं नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले अराजक समूहले बीपीको अनुहारमा कपडा फ्याँकेको बताइन् । उनले भनिन्,‘राप्रपाले राँके जुलुस निकालेको रहेछ । अराजक व्यक्तिहरूले बीपीको शालिकमा कपडा फ्याँकेका रहेछन् । मोसो दलेको होइन । त्यो कपडा हटाइसकियो ।’

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पनि राप्रपाले यस्तो गलत हर्कत नगर्ने आशय व्यक्त गरेका छन् ।

‘राप्रपाले बीपीको वा अरू कसैको शालिकमाथि दुर्व्यवहार ग‍र्‍यो भनेर कसैले भन्यो भने तपाई पत्याउनुहुन्छ ?’ प्रतिप्रश्न गर्दै श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘इतिहासको सम्मान गरौं भन्ने पार्टी र पार्टीका कार्यकर्ताले यस्तो उच्छृङ्खल र अराजक काम कदापी गर्दैन । यस्तो काममा कुन-कुन पार्टीका मान्छेहरू संलग्न हुन्छन् भन्ने दुनियाँलाई थाहै छ त !’

तीनकुनेमा जस्तै नेपालगञ्जमा पनि घुसपैठ भयो की भन्ने आशय पनि व्यक्त गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -