Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२९:१९ दिउँसो
- ADVERTISEMENT -

दुर्गा प्रसाईंलाई मिनबहादुरको प्रश्न – भाटभटेनी लुटपाट गरेर राजसंस्था फर्किन्छ ?

प्रकाशित मिति: २०८१ चैत २०, बुधबार

197
Shares

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मिनबहादुर गुरुङले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई गुण्डा नाइकेको संज्ञा दिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति र गतिविधिबाट आजित हुँदै गुरुङले प्रसाईंलाई यस्तो भनेका हुन्

चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंको नेतृत्वमा राजधानीको तीनकुने र कोटेश्वर क्षेत्रमा विध्वंश मच्चिएको थियो ।

राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक जलाएका थिए भने कोटेश्वरतर्फ लागेर भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट गरेका थिए । बुधबार राजावादीको प्रहारबाट भाटभटेनीलाई जोगाउन बहादुरी देखाएका कर्मचारीलाई सम्मान गर्ने क्रममा अध्यक्ष गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले प्रसाईं र राजावादी प्रदर्शनकारीलाई भाटभटेनीमा ढुंगा हानेर राजतन्त्र नफर्किने समेत जानकारी गराए । प्रसाईंको अभिव्यक्तिप्रति टिप्पणी गर्दै गुरुङले देशमा लगानीको वातावरण बिगार्न प्रसाईंले ठूलो भुमिका खेलेको आरोप पनि लगाए । राज्यले पुलपुल्याएर प्रसाईंले अहिले यस्तो वितण्डा मच्चाएको गुरुङको आरोप छ ।

उनले भने, ‘दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो,उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? यो सबै डकैत हो ।’ आफूले राज्यलाई वर्षेनी कर तिर्ने भन्दै सरकारले आफ्नो सुरक्षा दिन नसकेको गुनासो पनि गरे । ‘हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ?’ गुरुङले प्रश्न गरे, ‘दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ? मारवाडीले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्दै हिँडेको छ, मारवाडी देशको नागरिक होइन ? देश कंगाल बनाउने ?।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -