भारतको झारखण्ड राज्यमा दुई मालवाहक रेल एकापसमा ठोक्किएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार झारखण्डको साहिबगञ्जमा मङ्गलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटना दिउँसो ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्रअन्तर्गत भोगनाडीह नजिकै भएको थियो । दुवै रेलहरू सरकारी विद्युत् कम्पनी एनटीपीसीका थिए ।
दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीकै हो । र यो ट्र्याक मुख्यतया पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ ।








































