नागार्जुन १, रानीवनमा रहेको वाटिका स्कुल काठमाडौं ( Batika School Kathmandu ) तत् क्षेत्रमा क्रियाशील विद्यालयका प्रिन्सिपल शिक्षाकर्मीहरुलाई वाटिका स्कुल अवार्ड – २०८१ बाट सम्मानित गरेको छ।

नागार्जुन नगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण वहादुर कुँवर र विद्यालयका निर्देशक मुना भट्टराईले संयुक्त रुपमा अवार्ड प्रदान गर्नु भएको थियोे ।
आफ्नो आम्दानी मध्य केही आय दुर्गम क्षेत्रमा समेत प्रदान गर्ने गरेको यो स्कुलले STEAM प्रणालीलाई महत्त्व दिने , संस्कार सहितको प्रविधि मैत्री शिक्षा दिने भएकोले अभिभावकको विश्वास र आकर्षण बढेको विद्यालयका निर्देशकले बताएका छन्।








































