हिजो शनिबारदिन मन्टेस्सोरी यसोसियसन नेपालले राष्ट्रिय प्रहरी स्पोर्टस क्लब महाराजगुन्जमा युवा तथा खेलकुद मन्त्री माननिय तेजुलाल चौधरीज्युको बिशिस्ट आतित्थ, नेपाल ओलिम्पिक कमिटीको उपाध्यक्ष्य श्री चतुरानन्द राजबैध्यज्युको प्रमुख आतित्थ, नेपाल कराते महासंघका महासचिव श्री दावा गुरुङज्युको बिशेस आतित्थ तथा अन्य खेल सम्बधी राष्ट्रिय ब्यक्तित्वहरुको उपस्थितीमा चैथो निप्स ताफिसा २०२५ भब्य रुपमा सम्पन्न गरियो
उक्त खेलकुद कार्यक्रममा जम्मा भन्दा बादी मन्टेस्सोरी स्कुलका जम्मा ५५० जाना बालबालिकाहरुले उत्साहपुर्ब भाग लिएका थिए । माननिय मन्त्रीज्युले निजीस्तरबाट भब्यरुपमा आयोजना गरिएको यस कार्यक्रमलाई अबका दिनहरुमा सहयोग गर्ने अश्वासन दिनुभइ म्यान टिम, सम्पूर्ण आयोजक कमिटी, अभिभावक,नानीबाबुहरु तथा टिचरहरुलाई बधाइ तथा धन्यवाद दिनु भयो।
सोही अवसरमा महासचिव शितल रिजालज्युले सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै, अद्यक्ष्य सुश्मा लामाज्युले १७० वटा राष्ट् सदस्य रहेको अन्तरराष्ट्रिय खेल संस्था ताफिसाको म्यान सदस्य रहेको र खेल सम्बन्धी गतिबिधी बारे जानकारी गराउदै आफ्ना भनाइहरु राख्दै बिजेता हरुलाई मेडल वितरण गर्नु भएको थियो। कार्यक्रमको अन्तेमा सस्थाकी कोसाध्यक्ष्य अप्सना राणाज्युले सबैलाई धन्यवाद ग्यापन गर्दै कार्यक्रम सम्पन्न गरियो।








































