Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३६:५१ दिउँसो
- ADVERTISEMENT -

दुबईमा ४५ नेपाली युवा अलपत्र

प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार

263
Shares

आकर्षक रोजगारीको प्रलोभनमा परी संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका ४५ जनाभन्दा बढी नेपाली युवा समस्यामा परेका छन् । ललितपुर, कुपोन्डोलमा रहेको प्याराडाइज म्यानपावरमार्फत ४५ दिनअघि मात्र दुबई पुगेका उनीहरूलाई सम्झौताअनुसारको काम र तलब नदिएपछि समस्यामा परेको भन्दै उद्धारका लागि हारगुहार गरेका छन् ।

पीडितहरू भन्छन्– हामीलाई चाँडो उद्धार गर्नुहोस्

समस्यामा परेकामध्ये एक कृष्ण भण्डारीका अनुसार नेपालमा म्यानपावरले सम्झौता गर्दा प्याकिङको काम भनेर पठाएको तर दुबई पुगेपछि क्लिनरको काममा लगाएको र ८ घण्टा ड्युटी भनेको भए पनि १२–१३ घण्टा ड्युटीमा खटाउने गरेको बताएका छन् ।

‘हामी दुबई अबुधाबीमा छौं । अहिले हामी ४०–४५ जना जति साथी छौं, हामीलाई म्यानपावरले जुन काम भनेको हो त्यो काम हामीले पाएनौं, म्यानपावरले हामीलाई प्याकिङ भनेर पठाएको तर यहाँ क्लिनरको १२ घण्टा काम रहेछ,’ पीडित भण्डारीले राजधानीसँग भने, ‘म्यानपावरले १० घण्टा ड्युटी एक घण्टा खानाको टाइम भनेर पठाएको थियो । यहाँ त्यो सम्झौताअनुसार केही भएको छैन । प्याकिङको काम नभएर सबै क्लिनरकै काम मात्र रहेछ । १२ घण्टाको ड्युटीमा जान २ घण्टा र आउन २ घण्टा गर्दा १६ घण्टा हुने रहेछ ।’ न त ओभरटाइमको पैसा नै दिने रहेछ ।

श्रम स्वीकृतिको पेपरमा ८ घण्टा लेखिएको भए पनि १६ घण्टा ड्युटीमा खटाउने गरेको छ । हामीलाई जसरी भए पनि उद्धार गर्नुहोस् हामी नेपाल फर्कन चाहन्छौं । सम्झौतापत्रमा सातामा एक दिन छुट्टी भनेको थियो तर त्यो छुट्टी पनि छैन । महिनामा एक दिन मात्र छुट्टी दिने रहेछ । त्यो पनि कुनै लोकेसनमा त महिनामा दुई दिन मात्र रहेछ,’ उनले थपे ।

उनीहरूका अनुसार खाना आफैंले बनाएर खान पाइन्छ भन्ने थियो तर अहिले आएर त्यो क्याम्पमा खाना छैन, तिमीहरू आफैंले किनेर खानुपर्छ भनेर कम्पनीले भनेको बताएका छन् । बिरामी हुँदा पनि ड्युटी जानैपर्छ नत्रभने डिपोर्ट पेपरमा सिक्नेचर गर अनि सुतेर बस भन्छ । हामीसँग कुनै पनि कार्डहरू छैन तर क्याम्पसले मेडिकल कार्डले भन्छ— मेडिकल पेपरले अनि मात्र बिरामी भएको हो भन्छु । नत्रभने तिमीहरू काममा जानैपर्छ भनेर कम्पनी प्रशासनले दबाब दिने गरेको बताएका छन् ।

अहिले कम्पनीको दबाबमा धेरै जना ड्युटी गरेको र ११ जना कोठामै बसिरहेको उनीहरूले बताएका छन् । कोठामा बसेकाहरूलाई डिपोर्ट गरिदिने कम्पनीले धम्की दिएको बताएका छन् । हामीलाई म्यानपावरले भनेको भन्दा बढी ड्युटी भएको हुनाले हामीले ओभरटाइमको पैसा नपाएको हुनाले हामी अब यहाँ काम गर्न नसक्ने भयौं । त्यसैले हामीलाई उद्धार गर्नुहोस् । सम्झौताअनुसारको काम नपाएपछि म्यानपावरलाई कुरा गर्दा कहिले भोलि, कहिले पछि गर्दिन्छु भन्दै दुई साता बितिसक्दा पनि कुनै वास्ता नगरेको उनीहरूले आरोप लगाएका छन् ।

फ्री भिसा र फ्री टिकट भए पनि म्यानपावरले प्रतिव्यक्ति २ लाखदेखि २ लाख ४० हजार रुपैयाँसम्म तिरेर दुबई पुगेको बताएका छन् । आफूहरूलाई तत्काल सकुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायलाई यसै सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् । यस विषयमा बुझ्न प्याराडाइज म्यानपावरमा सम्पर्क गर्दा फोन उठेन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -