Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:३६ बिहान
- ADVERTISEMENT -

युक्रेनमा ट्रम्पको कुटनीतिक आक्रमणपछि रणनीतिक बैठकका लागि युरोपेली नेताहरू पेरिसमा पुनः एकजुट

प्रकाशित मिति: २०८१ फागुन ५, सोमबार

131
Shares
Drapeaux des Etats membre de l'Union européenne à 28 pays et drapeau européen (au 1er juillet 2013)

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार आफ्नो भव्य एलिसी प्यालेसमा प्रमुख युरोपेली सङ्घ (ईयू) का राष्ट्रहरू र बेलायतका नेताहरूलाई अमेरिकासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा आपत्कालीन बैठक बोलाएका छन् ।

यो कदम ट्रम्प प्रशासनको एक हप्ते युक्रेनसम्बन्धी कूटनीतिक प्रहारपछि आएको हो । ट्रम्पले क्रेमलिनलाई अँगालो हालेको र आफ्ना पुराना युरोपेली सहयोगीहरूलाई चिसो व्यवहार गरेको जस्तो देखिन्छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले पुनर्निर्वाचनअघि महिनौँसम्म आक्रामक चेतावनीहरू दिए पनि ईयूले अन्ततः आफ्नो सुरक्षा बलिाये बनाउन कार्य गर्न थाल्नेछ र वासिङ्टनको सैन्य शक्तिमा कम निर्भर हुन थाल्नेछ भनेर ईयूका नेताहरूले सार्वजनिक रूपमा यी खतरनाक पूर्वसङ्केतहरूलाई बेवास्ता गरे र कुनै न कुनै तरिकाले ट्रम्प युरोपको साथमा उभिन्छन् भन्ने आशा गरे ।

तर गत हप्ता युरोपको प्रारम्भिक भ्रमणका क्रममा उपराष्ट्रपति जेडी भान्स र रक्षामन्त्री पिट हेग्सेथको भाषणले युरोपको सुरक्षा प्रतिबद्धता र यसका आधारभूत लोकतान्त्रिक सिद्धान्तहरू दुवैमाथि प्रश्न उठाएको थियो । म्याक्रोनले सैन्य खतराको सामना गर्दा उनहरूको पीडादायी आलोचना र असहयोगका धम्कीहरूले प्रणालीमा धक्का लागेको महसुस भएको बताए ।

रुस–युक्रेन युद्ध अन्त्य गर्ने आशामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेर ट्रम्पले वर्षौंदेखिको अमेरिकी नीति उल्ट्याउने निर्णय गर्नुभएपछि महत्त्वपूर्ण मोड आयो । त्यसपछि शनिबार युक्रेन र रुसका लागि ट्रम्पका विशेष दूतले युक्रेन शान्ति वार्तामा अन्य युरोपेलीहरूलाई समावेश गर्न अस्वीकार गरे ।

जर्मनीकी विदेशमन्त्री अन्नालेना बेयरबकले यो हप्तालाई ‘अस्तित्वको क्षण’ भने । “यो त्यस्तो क्षण हो जहाँ युरोपले उठ्नुपर्छ”, उनले भने ।

यहीँबाट म्याक्रोनले सोमबारको बैठकमा हस्तक्षेप गर्ने आशा गर्नुभएको छ । म्याक्रोनका विदेशमन्त्री जीन–नोएल ब्यारोटले युरोपका प्रमुख नेताहरूको आपत्कालीन बैठकको महत्त्वलाई कम आँक्ने प्रयास गरे पनि बैठक स्थापना गर्न भएको सप्ताहन्तको धमाधम प्रयासले केही बढी आधारभूत कुरालाई जोड दिएको छ ।

दोस्रो विश्वयुद्धदेखि नै संयुक्त राज्य अमेरिका र पश्चिमी युरोपेली राष्ट्रहरूले शीत युद्धको समयमा सोभियत सङ्घको सामना गर्दा र वर्तमान रुसको आफ्नो सीमा नजिकै बढ्दो आक्रामक कार्यहरूको सामना गर्दासम्म मूलभूत रूपमा एकै लयमा हिँडेका छन् । 

धेरै युरोपेली नाटो राष्ट्रहरूले आफ्नो रक्षा प्रयासहरू बढाउन अनिच्छा देखाएकोमा लामो समयदेखि अमेरिकी गुनासोहरू रहे पनि ती गुनासाहरू विगत केही दिनमा जस्तो राजनीतिक सतहमा कहिल्यै उठेका थिएनन् ।

सोमबार म्याक्रोनले युरोपको सुरक्षा समस्यासँग कसरी व्यवहार गर्ने भन्ने विषयमा जर्मनी, बेलायत, इटली, पोल्यान्ड, स्पेन, नेदरल्यान्ड्स, डेनमार्क र ईयूका नेताहरूसँग दिउँसो छलफल गर्नेछन् । नाटोका महासचिव मार्क रुट्टे पनि उपस्थित हुनेछन् ।

फ्रान्सेली अधिकारीहरूका अनुसार युरोपेली नेताहरूको एकताको प्रदर्शनबाहेक कुनै ठोस निर्णय निस्कने अपेक्षा गरिएको छैन ।

“युरोपमा एकताको हावा बगिरहेको छ, जुन शायद हामीले कोभिड अवधिदेखि महसुस गरेका थिएनौँ”, ब्यारोटले सन् २०२० को महामारीको समयलाई सम्झँदै भने । कोभिड महामारीको समयमा ईयूका २७ मुलुकले स्वास्थ्य विपत्तिको सामना गर्न एकसाथ उभिनु परेको थियो ।

युरोपेली राष्ट्रहरू युक्रेनलाई सक्दो सहयोग गर्न कटिबद्ध छन् र ईयूका राष्ट्रहरू रक्षा खर्च बढाउने विषयमा एकमत छन् । यद्यपि कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत रक्षामा खर्च गर्ने लक्ष्यभन्दा माथि जाने सामान्य सहमति भए पनि तीन प्रतिशतमा कसरी पुग्ने भन्ने कुरा स्पष्ट छैन ।

ईयूका केही राष्ट्रले ठूला रक्षा परियोजनाहरूका लागि संयुक्त ऋणको सम्झौतामा जोड दिइरहेका छन् भने अन्यले पहिले दुई प्रतिशतको सीमामा पुग्न पछि परेका राष्ट्रहरूको कार्य हो भन्ने जिकिर गरिरहेका छन् । यो विषयमा पनि बैठकमा छलफल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -