स्कुल्स एशोसियसन नेपालले कामना कलेजमा आयोजना गरेको उपत्यकाव्यापि अन्तर विद्यालय कक्षा १० को पाठ्यक्रममा आधारित एसइइ क्विजको प्रथम स्थान नागार्जुन १ रानीवन स्थित वाटिका स्कुल काठमाडौं ( Batika School Kathmandu) ले हासिल गरेको छ। यसैगरी द्वितीय स्थानमा ग्रेडेड इङलिस मिडियम स्कुल, तृतीय स्थानमा एडु समिट स्कुल र सान्त्वना स्थानमा पिपल्स फ्रेन्डसिप स्कुल विजयी भएको आयोजकले बताएका छन् ।
गुणस्तरीय शिक्षाको अर्को नामका रुपमा चर्चित वाटिका स्कुल ( Batika School Kathmandu) ले गत हप्ता मात्रै कक्षा ८ को पाठ्यक्रममा आधारित नागार्जुन नगर स्तरीय विएलइ क्विजमा द्वितीय स्थान हासिल गरेको थियो। शिक्षासँग सम्बन्धित प्रतियोगितामा जहाँसुकै उत्कृष्ट प्रस्तुति गर्ने यस विद्यालयका विद्यार्थीहरु सधैं अगाडि आउने गरेको स्थानीय अभिभावकले बताएका छन् ।
विगत १८ वर्षदेखि उत्कृष्ट शैक्षिक नतिजा दिंदै आएको यस विद्यालयले गत वर्षहरु एसइइमा सबै विद्यार्थीहरु ३.३६ -३.९५ माथि जिपिए सहित उत्तीर्ण गराउन सफल भएको थियोे भने नगरले लिने विएलइ परीक्षामा समेत जिपिए ४ ल्याएर प्रथम स्थान हासिल गरिसकेको छ । अर्थात बुझ्ने भाषामा भन्दा सबै विद्यार्थीले ए र ए प्लस नतिजा ल्याएर एसइइ तथा विएलइ उत्तीर्ण गर्ने गरेका छन् ।
अभिभावकको पहिलो रोजाइ वाटिका स्कुल भएको तर उक्त स्कुलले सिमित कोटामा मात्रै विद्यार्थी भर्ना गर्ने गरेको अभिभावकले गुनासो गरेका छन् । कम्तीमा खाली भएका सिटमा विद्यार्थी भर्ना गर्न विद्यालय सहमत भएको कारण यो वर्ष चाहिँ आफ्नो छोराछोरी भर्ना गराउने विश्वास एक अभिभावकले हामीसँग गरेका छन्।








































