Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४१:१० बिहान
- ADVERTISEMENT -

जय ट्रफीमा प्रदेश टिमको कमजोर प्रदर्शन, आर्मी र पुलिसबीच फाइनल हुने 

प्रकाशित मिति: २०८१ पुस २८, आइतबार

223
Shares

दुई दिवसीय रेडबल क्रिकेट प्रतियोगिता जय ट्रफीमा आइतबार लिग चरणका खेल सकिएका छन् । चार टिम सहभागी खेलमा एक टिमले तीन तीन खेल खेलेका थिए । मधेश प्रदेश, बागमती प्रदेश तथा विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जनकपुर वीरगञ्जमा रेडबल प्रतियोगिता खेलेका हुन् । यसअघि भएको पीएम कपका शीर्ष चारमा रहेका टिमबीच भएको जय ट्रफीमा राष्ट्रिय टिमका खेलाडीको प्रभुत्व रहेको विभागीय टिमको दबदबा रह्यो । 

आइतबार लिग चरणका अन्तिम खेलमा पुलिस क्लबले बागमती र आर्मी क्लबले मधेश प्रदेशलाई पराजित गरे । जारी प्रतियोगितामा दुई जित र एक ड्रसहित पुलिस शीर्ष स्थानमा रहँदै फाइनल पुगेको छ भने आर्मी दुई ड्र र एक जितका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छ । यी दुई टिमबीच मंगलबार फाइनल खेल हुनेछ । 

आइतबार आर्मीले वीरगञ्जमा भएको खेलमा मधेश प्रदेशमाथि त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पाएको २८ रनको सामान्य लक्ष्य उसले २ विकेट गुमाएर पूरा गरेको हो ।

आर्मीका लागि दोस्रो पारीमा इमरान शेखले नटआउट ८ र वसिर अहमदले ४ रन बनाए । मधेशका लागि रञ्जित कुमार र प्रदिव पासवानले एक एक विकेट लिए । आर्मीको पहिलो जित हो । जितसँगै उसले फाइनल खेल्ने पक्का भएको छ । 

फ्लोअनमा परेको मधेश आइतबार दोस्रो दिनको खेलमा १५० रनमा अलआउट हुँदा उसको अग्रता मात्र २७ रन मात्र थियो । आर्मीले पहिलो पारीमा २२५ रनमा ९ विकेट गुमाउँदा पारी घोषित गरेको थियो ।

त्यसपछि ब्याटिङ गरेको मधेश पहिलो पारीमा १०२ रन बनाउँदा अलआउट भयो र उसले फ्लोअन खेल्नुपरेको थियो । तर, मधेशका लागि ओपनर मयन यादवबाहेक अन्य ब्याटरले राम्रो खेल्न नसक्दा उसले २८ रनको सामान्य लक्ष्य दिएको हो । 

मधेशका लागि दोस्रो पारीमा मयन यादवले ४९ रन बनाए भने कप्तान हरिशंकर साहले २५ रन बनाए । मयनले पहिलो पारीमा ११ रन बनाएका थिए । 

मधेशको ब्याटिङ ध्वस्त बनाउने क्रममा आर्मीका बसिर अहमदले ४ विकेट लिए भने उनले पहिलो पारीमा एक विकेट लिएका थिए । यस्तै शाहाब आलमले पहिलो पारीमा ६ र दोस्रो पारीमा ३ विकेट लिए । 

जनकपुरमा भएको अर्को खेलमा पुलिसले बागमतीलाई प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । आइतबार खेलको दोस्रो तथा अन्तिम दिन जितका लागि पुलिसले ११६ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य उसले ५ विकेट गुमाएर पूरा गरेको हो ।

पुलिसलाई जित दिलाउन कप्तान कुशल भुर्तेलले पहिलो पारीमा ८ र दोस्रो पारीमा ३२ रन बनाए भने उनले पहिलो पारीमा २ र दोस्रो पारीम १ विकेट लिए । यस्तै अमित श्रेष्ठले पहिलो पारीमा ७९ र दोस्रो पारीमा ५६ रन बनाए । यस्तै अर्जुन साउदले पहिलो पारीमा ७७ र दोस्रो पारीमा नटआउट २० रन बनाए । 

प्रतियाेगितामा पुलिसले दुई जित र एक ड्र खेल्दा आर्मीले एक जित र दुई ड्र खेल्यो । यस्तै मधेश दुईमा पराजित भयो भने एक खेल ड्र रह्यो । यस्तै बागमतीले एक हार र दुई ड्र खेल्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -