Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:४९ दिउँसो
- ADVERTISEMENT -

बशर अल–असदविरुद्ध श्रीमतीले हालिन् रुसी अदालतमा मुद्दा

प्रकाशित मिति: २०८१ पुस ८, सोमबार

137
Shares

सिरियाका राष्ट्रपति बसर अल–असदको सत्ता गुमेसँगै दुःखका दिन सुरु भएपछि उनकी पत्नी सम्बन्धविच्छेदको तयारीमा लागेकी छन् ।

सिरियामा प्रिन्सेज डायनादेखि लेडी म्याकबेथसम्म भनिने अस्मा अल–असदले बशरसँग सम्बन्धविच्छेदका लागि रुसको अदालतमा मुद्दा दायर गरेकी हुन् । अगस्ट सन् १९७५ मा लन्डनमा जन्मिएकी अस्मा अल–अखरासकी आमा सिरियाकी कूटनीतिज्ञ र बाबु कार्डियोलोजिस्ट थिए । 

अस्माले कम्प्युटर साइन्स र फ्रेन्च साहित्य अध्ययन गरेकी हुन् । बसरसँग विवाह गर्नुअघि उनी इन्भेस्टमेन्ट बैंकर थिइन् । सन् २००० मा सिरिया गएकी उनी असद राष्ट्रपति बनेको केही महिनापछि गोप्य रुपमा अशदसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । मध्यपूर्वमा महिला स्वतन्त्रताको पक्षमा आवाज उठाउने महिला मानिने अस्माको छविमा पति बशरको निरंकुश शासनले आँच आएको थियो । 

सन् २०१८ मा सिरियाको अर्थव्यवस्था व्यवस्थापनका लागि अस्मालाई ठूलो जिम्मेवारी दिइएको थियो । यसक्रममा उनी खाद्यान्न, इन्टरनेट र विदेशी सहायतासँग जोडिएका समिति र नीतिसँग जोडिइन् । 

फेब्रुअरी, २०११ मा सिरियामा विद्रोही सुरु भएका बेला चर्चित ‘वाग’ पत्रिकामा ‘अ रोज इन द डेजर्ट’ नामको लेखमा अस्मालाई चामत्कारिक व्यक्तित्व भएकी र स्टाइलिस प्रथम महिला भनिएको थियो । तर, यो लेख प्रकाशनको समय सही थिएन ।किनकि अशदको सेनाको कारबाहीमा सरकारविरुद्धको प्रदर्शनमा सहभागी ५ हजारका मृत्यु भइसकेको थियो । सरकारविरुद्धको आक्रोशबीच वागले यो लेख वेबसाइटबाट हटाउनुपरेको थियो । 

अस्मा सुन्नी परिवारमा जन्मिकएकी हुन् भने अशद शिया अलावत समुदायका नेता हुन् । त्यसैले कुनै समय प्रिन्सेज डायनाको उपमा पाएकी अस्मालाई ‘नर्ककी प्रथम महिला’ भनेर आलोचना समेत हुने गर्दथ्यो । सिरियाको प्रथम महिलाका रूपमा असदको सत्ताको शिखर र देशबाटै पलायन हुनुपर्ने अवस्थाको साक्षी बनेकी अस्माले अब फेरि सम्बन्धविच्छेद गरेर बेलायत जाने इच्छा व्यक्त गरेकी छन् । तर, ब्रिटेनले भने अस्मालाई आउन नदिने संकेत गरेको छ । 

बेलायत र सिरिया दुवै देशको नागरिकता रहेकी उनको ब्रिटिस पासपोर्ट छिट्टै खोसिने विदेशमन्त्री डेभिड लैमीले बताएका छन् । उनीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको छ भने सन् २०१२ मा अस्माको बेलायतमा रहेको सम्पत्तिसमेत फ्रिज गरिएको थियो । 

सिरियामा विद्रोही समूहको कब्जासँगै असद परिवारले रुसमा शरण लिएको छ । तर, अस्मा रुसको बसोबासप्रति खुसी नभएको बताइएको छ । किनकि रुसमा असदलाई राजनीतिक शरण दिए पनि कुनै राजनीतिक गतिविधि गर्न र रुस छाड्न प्रतिबन्ध छ । 

उनले सिरियाबाट २७० किलो सुन, २ अर्ब डलर सम्पत्ति ल्याउनुका साथै रुसमा १८ वटा अपार्टमेन्ट रहेको बताइन्छ । तर, यो सम्पत्ति पनि केही रुसी अधिकारीहरूले कब्जा गरेको केही सञ्चारमाध्यमले जनाएका छन्, जसको आधिकारिक पुष्टि भने भएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -