Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१३:४२ दिउँसो
- ADVERTISEMENT -

रोहित र जफरको अर्धशतकमा जितविहीन लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

प्रकाशित मिति: २०८१ मंसिर २५, मंगलबार

56
Shares

कप्तान रोहित कुमार पौडेल र साद विन जपरले पाँचौ विकेटका लागि शतकिय साझेदारी गरेपछि । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई रनको १६८ चुनौती पेश गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेपछि चितवनका कप्तान कुशल मल्लले लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो दिएका थिए । ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहितले सर्वाधिक ८२ रन जोडे । ५६ बलको सामना गरेका रोहितले १९.३ ओभरमा रिजन ढकालको बलमा आउट हुनुअघि ५ छक्का र ६ चौका हिर्काए ।

लुम्बिनीका लागि साद विन जफरले ३५ बलमा ५१ रनको अर्धशतकीय पारि खेले । रोहित र सादवीनले पाँचौ विकेटका लागि शतकीय साझेदारी गरे । ४९ रनमा ४ विकेट गुमेपछि उनले साद बिन जफरसँग मिलेर ११४ रनको साझेदारी गरेका थिए । रोहितले ८० रन बनाए भने जफरले ५१ रन बनाए ।

यसअघि चौथो विकेटका लागि पनि लुम्बिनकै खेलाडीले शतकिय साझेदारी गरेका थिए । कप्तान रोहित र टम मुसर्सले चौथो विकेटका लागि पोखरा एभेन्जर्स विरुद्ध ११० रनको साझेदारी गरेका थिए । यसैगरी एनपीएलमा दुई शतकिय साझेदारी गर्ने पनि लुम्बिनी पहिलो टिम बनेको छ ।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक ३ तथा रञ्जित कुमार र कुशल मल्लले समान एक विकेट लिए । लगातार चार खेलमा पराजित भएको लुम्बिनी आज पहिलो जितको खोजिमा छ । चितवन राइनोज अङ्क तालिकाको तेस्रो स्थानमा छ । उसले हालसम्म चार खेल खेलेको छ । तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अङ्क छ ।

चितवन राइनोजले पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो । तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो । यस्तै लुम्बिनी लायन्स चारवटै खेलमा हार बेहोर्दै अङ्क तालिकाको पुछारमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -