Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१२:४८ दिउँसो
- ADVERTISEMENT -

५० वर्ष अघिको हत्या आरोपमा पक्राउ परे ८४ वर्षीय वृद्ध, टोपीबाट पहिचान

प्रकाशित मिति: २०८१ कात्तिक २६, सोमबार

79
Shares

 अमेरिकाको शिकागोमा ५० वर्ष अघि भएको हत्याका मुख्य अभियुक्तलाई स्थानीय प्रहरीले हालै नियन्त्रणमा लिएको छ । तत्कालीन समयमा प्रहरीले सोधपुछ गरेर पनि छाडेका व्यक्ति नै यतिबेला पक्राउ परेका हुन् । आरोपितले प्रहरीसमक्ष आरोप स्वीकार गरेको बताइएको छ ।

सन् १९७४ मा २५ वर्षीय मेरी स्क्लाइस को हत्या भएको थियो । आर्ट शोमा भाग लिनका लागि उनी विस्कन्सिनबाट शिकागो जाँदै गरेको अवस्थामा उनको हत्या भएको थियो । प्रहरीले उनको शव भएको स्थानबाट एउटा टोपी बरामद गरेको थियो । यद्यपि, हत्यारा पत्ता लगाउन प्रहरी त्यतिबेला असमर्थ भएको थियो ।

घटनास्थलबाट बरामद भएको टोपीमा रहेका केही कपाललाई प्रयोग गरी प्रहरीले न्यूजर्सीस्थित जेनेटिक जिनलोजी विभागलाई आरोपितको जेनेटिक प्रोफाइल तयार पार्न लगायो । सोही प्रोफाइल अनुसार डीएनए पत्ता लगाएर प्रहरीले फेरि हत्याराको खोजी सुरु गरेको थियो ।

सोही क्रममा डीएनए म्याच भएर एक महिला पक्राउ परिन् । ती महिला नै हत्यामा संलग्न व्यक्तिकी छोरी थिइन् । त्यसपछि प्रहरीले हत्यामा संलग्न मुख्य व्यक्ति जोन किथ मिलरलाई पक्राउ गर्यो । उनी ८४ वर्षका भए । उनी घटनालगत्तै पनि प्रहरीको फन्दामा परेका थिए ।

उनीसँग प्रहरीले त्यतिबेला सोधपुछसमेत गरेको थियो । तर उनले घटनामा आफ्नो संलग्नता नरहेको बताएका थिए भने प्रहरीसँग पनि कुनै ठोस प्रमाण थिएन ।

तर यतिबेला प्रमाणसहित प्रहरीले पक्राउ गरेपछि भने ती वृद्धले हत्याको आरोप स्वीकार गरेको प्रहरी स्रोतलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । पीडित महिलालाई आफूले लिफ्ट दिएको र बाटोमा जोरजबरजस्ती गर्न खोज्दा निजले प्रतिकार गरेपछि आफूले हत्या गरेको आरोपितको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -