काठमाडौँ । पुर्व मन्त्री नेपाली कांग्रेसका पुराना नेता चिरञ्जिवी वाग्लेलाई पुत्रशोक परेको छ । वाग्लेका छोरा तथा पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको आइतबार राजधानीको ह्याम्स अस्पतालमा निधन भएको हो ।
पारिवारिक श्रौतले निधन भएको पुष्टि गरेको छ । भोलि (सोमबार) पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको छ । रक्तश्रावको समस्या देखिएपछि उनलाई चार दिनअघि मात्रै ह्याम्स अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा आज असायमिक निधन भएको उनले बताए ।
नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधि समेत रहेका देवेन्द्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित थिए ।








































