Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:३४ दिउँसो
- ADVERTISEMENT -

यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै

प्रकाशित मिति: २०८१ कात्तिक २०, मंगलबार

131
Shares

चालु आर्थिक वर्ष ०८१-०८२ मा नेपाल सरकारका १४ जना विशिष्ट श्रेणी (सचिव) का कर्मचारीहरू सेवानिवृत्त हुँदै छन् । चालु आर्थिक वर्षको सुरुवातदेखि अहिलेसम्म दुई जना विशिष्ट श्रेणीका कर्मचारीहरू पनि सेवानिवृत्त भइसकेका छन् । 

सेवानिवृत्त भइसकेका सचिवहरूमा लीलादेवी गड्तौला र तोयनारायण ज्ञवाली रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव रहँदा गड्तौला मुख्य सचिवमा बढुवा भएर उमेर हदका कारण अवकाश गएकी हुन् । ०८१ फागुनमा अवकाश पाउने तर्खरमा रहेका सचिव एकनारायण अर्याल मुख्य सचिव भएसँगै उनको कार्यकाल तीन वर्ष थपिएको छ । 

यस्तै सचिव ज्ञवाली राष्ट्रिय योजना आयोगको सचिवालयबाट गत भदौ २२ सेवानिवृत्त भएका थिए भने गड्तौलाले गत भदौ १५ मा अवकाश पाएकी थिइन् । नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारीले पनि अवकाश अवधि आउनुअघि नै राजीनामा दिइसकेका छन् । 

चालु आर्थिक वर्षमा अवकाश हुन लागेका विशिष्ट श्रेणीका कर्मचारी 

 चालु आर्थिक वर्ष०८१-०८२ मा रा.प. प्रथम श्रेणी (सहसचिव) हरू ८३ जना, रा.प. द्वितीय श्रेणी (उपसचिव) हरू १७७ जना र रा.प. तृतीय श्रेणीका २५३ जना सेवा निवृत्त हुने सूचीमा छन् । जसमध्ये केही अवकाश गइसकेका छन् । 

यसैगरी ११ औं तहका ६, १० तहका २६ जना, नवाैँ तहका १२ जना, आठौं तहका ७९, छैटौं तहका २२३, पाँचौं तहका २०४, चौथो तहका १७ र श्रेणीविहीन ६४१ कर्मचारीहरू चालु आर्थिक वर्षमा अवकाश जाँदै छन् । 

चालु आर्थिक वर्ष ०८१-०८२ भित्र अवकाश जानेमा राजपत्र अनंकित प्रथम श्रेणीअन्तरगत १८८ जना कर्मचारी पनि सेवानिवृत्त हुँदैछन् । राजपत्र अनंकित द्वितीय श्रेणी, तृतीय श्रेणी र अन्य श्रेणीका पनि थुप्रै कर्मचारीहरूको नाम अवकाश जानेमा सूचीमा समावेश छ । ठूलो सङ्ख्यामा कर्मचारी अवकाशमा गएसँगै पेन्सनमा पर्ने दबाबका कारण सरकारमाथि ठूलो वित्तीय भार थपिने निश्चित छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -