सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १५ कार्यकर्ता पक्राउ परेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार बालुवाटारमा प्रदर्शन गरिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो
बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिइएको ह
रास्वपा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको उनले बताए ।
पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम राखेको हो । बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् ।
लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।








































