Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:३५ दिउँसो
- ADVERTISEMENT -

लाल सागरमा तेल बोकेका दुई ट्याङ्कमाथि मिसाइल हमला

प्रकाशित मिति: २०८१ भदौ १८, मंगलबार

271
Shares

यमनमा इरान समर्थित सशस्त्र समूह हुथीले लाल सागरमा तेल बोकेका दुईवटा ट्याङ्करमाथि आक्रमण गरेका छन् । सोमबार साउदी अरबको ध्वजा बोकेको ट्याङ्कर अम्जद र पानामाको ध्वजा बोकेको ब्लू लगून प्रथममाथि सो आक्रमण भएको हो । हुथी लडाकुहरूले ती ट्याङ्करमाथि ब्यालिष्टिक मिसाइल हानेको अमेरिकी केन्द्रीय कमान्डले पनि पुष्टि गरेको छ ।

आक्रमणको समयमा दुबै ट्याङ्कर एक अर्काको नजिक रहेको बताइएको छ । आक्रमणमा परेको भएता पनि ट्याङ्करहरूमा ठूलो क्षति वा हताहत नभएको र गन्तव्यतर्फ अगाडि बढेको बताइएको छ । ब्लू लगून प्रथममाथि आक्रमणको जिम्मा हुथीले लिएको भएपनि अम्जदमाथिको आक्रमणको जिम्मा लिएको छैन । आक्रमणको समयमा दुबै ट्याङ्करमा कच्चा तेल थिए ।

साउदी अरबको ट्याङ्करमा झन्डै २० लाख ब्यारेल तेल थियो । पानामाको ट्याङ्करको क्षमता १० लाख ब्यारेल भएको बताइएको छ । यी ट्याङ्करमाथि यमनको उत्तरपश्चिममा रहेको सालिफभन्दा करिब १३० किमी परबाट हानिएको ब्यालिष्टिक मिसाइल लागेको थियो । लाल सागरमा हुथी आक्रमण बढेको छ । नोभेम्बर यता ७० भन्दा धेरै पटक आक्रमण भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -