मिस ग्राण्ड नेपाल २०२४ को ताज गोरखाकी बिष्णु गुरुङ्ले जितेकी छन्। आईशा गौतम मिस सुप्रा ग्लोबल , बेनिषा शर्मा आचार्य मिस और नेपालको ताज हात परेका हुन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रम बाट ३ जना सुन्दरीहरुले ताज लगाए।

उक्त प्रतियो गीताको जुरी प्यानलमा आस्था शाखका ,ग्रान्ड जजमा राम हरि सिलवाल ,सरोज प्याकुरेल नबराज कोइराला , प्रदिप श्रेष्ठ , ओम प्रकाश उप्रेती जजमेन्टको आधारमा मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ३ जना सुन्दरीहरुले ताज जितेका हुन ।

मिस ग्रान्ड नेपाल २०२४ विजेताले स्कुटर नगदको साथै हात पारिन् भने सुप्रा ग्लोबल र मिस औरले पनि नगदको साथै, कम्पनी Goodwill Ambassador,५० हजार बराबरको सुनको थान्का, गिफ्ट ह्याम्पर र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , तिनै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२४ – २०२५ मा नेपालको झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्तगरेका छन्।

मिस ग्रान्ड नेपाल २०२४ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी ,रोजिना सुवालको मेकअप ,हिर्देश अर्यालको फोटोग्राफी, राम श्रेष्ठ को भिडियोग्राफी नविन लुइँटेलको ड्रेस रहेको थियो।








































