Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:२६ दिउँसो
- ADVERTISEMENT -

नेपालको अघिल्लो चरणको सम्भावना कमजोर, सोमपाल भन्छन्– हतोत्साहित हुनुपर्ने अवस्था छैन

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

203
Shares

खराब ब्याटिङ गरेपछि नेपाल मंगलबार विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ । पहिलो खेलमै आफ्नो समूहमा रहेको तुलनात्मक कमजोर टिमसँग पराजित भएपछि नेपालको अघिल्लो चरण (सुपर एट) मा पुग्ने सम्भावना पनि कमजोर भएको छ । समूह डी मा नेपालसँगै, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । 

अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो । नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ रहँदा टीयू क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुसी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद् बन्न सकेन । 

दोस्रापटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताए । ‘यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं । सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । आज हार व्यहोर्‍यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’ तीव्र गतिका बलर सोमपालले भने ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही सावित भयो । किनकी नेपालले सुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन ।

तर कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले उपयागी इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफी लक्ष्य पछ्याएको डच टिमविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्टाउन सफल भएन । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभर खेल्यो भने चार विकेटको गुमायो । डच ब्याटरले पनि सुरुदेखि दबाब सामना गरे । तर धैर्यपूर्वक खेल्दै सहजै विकेट दिएनन् । दोस्रो ओभरमै नेपालले ब्रेक थ्रु पाएको थियो ।

तीव्र गतिका बलर सोमपालले ओपनर माइकल लेभितलाई १ रनमै आउट गर्दै राम्रो सुरुवात दिलाए । तर अर्का ओपनर म्याक्स ओ डाउडले इनिङ समाल्दै ८ बल अगावै जित सुरक्षित गराए । उनी ५४ रनमा अविजित रहे । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एङ्गलब्राक्टले १४ रन र बास डी लिडले ११ रन जोडेपछि नेदरल्याण्ड्सको जित सहज बन्यो । बलिङतर्पm सोमपालसँगै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान एक एक विकेट लिए । सोमपालले चार ओभरमा १८ रन मात्र दिए ।

अलराउण्ड प्रदर्शन गरेका करण केसीसँगै दीपेन्द्र र स्पिनर सागर ढकालले पनि किफायती बलिङ गरे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो । २१ वर्षे युवा स्पिनर टिमोथी प्रिङ्गलले शीर्ष क्रमका तीन ब्याटर आसिफ सेख, अनिल साह र कप्तान रोहितलाई आउट गरे । आसिफ ४ रन, अनिल ११ रन, रोहित ३५ रनमा पेभेलियन फर्किए । नेपालका लागि सर्वाधिक रनकर्ता रोहित १६औं ओभरमा सातौं विकेटका रूपमा आउट भएका हुन् । 

महत्वपूर्ण विकेट लिएका टिमोथी न्युजिल्याण्ड यु–१९ टोलीबाट खेलिसकेका खेलाडी हुन् । उनी म्यान अफ दी म्याचसमेत भए । चार ओभरमा उनले तीन विकेट लिँदै २० रन मात्र दिए । 

त्यसअघि नेपालले पावर प्लेमा नै दुई विकेट गुमाउँदा २९ रन जोड्यो । युवा अलराउण्डर कुशल मल्ल र एसोसिएटकै उत्कृष्ट अलराण्डर दीपेन्द्र खराब सट खेलेर आउट भए । कुशल ९ रन र दीपेन्द्र १ रनमै पभेलियन फर्किए । अनुभवी सोमपाललाई ब्याटिङ क्रममा प्रमोसन गरिएको थियो । तर त्यो निर्णय पनि सही साबित हुन सकेन । उनले खाता नै खोल्न सकेनन् । त्यसपछि रोहित पनि आउट भए र १८औं ओभर सकिँदा नेपाल ९७÷७ को नाजुक अवस्थामा पुग्यो ।

तर, तल्लो क्रमका गुल्सन झाले ११ रन र करणले १७ रन बनाउँदै नेपालको इनिङ सय रन पार गराए । करणले दुई छक्का र गुल्सनले एक छक्का प्रहार गरे । नेदरल्याण्ड्सको बलिङमा लोगन भान भिकले तीन विकेट तथा पउल भान र डी लिडले समान दुई विकेट लिँदै सस्तैमा नेपालको इनिङ रोके । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -