Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४६:४५ दिउँसो
- ADVERTISEMENT -

यूएन पार्कदेखि बल्खुसम्मको खोला किनार संरचना ललितपुर महानगरको जिम्मा

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

287
Shares

ललितपुर महानगरपालिका क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेका संरचनाहरू महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरलाई उक्त संरचना हस्तान्तरण गरेको हो ।

महानगरको वडा नम्बर १, २, १० वडाको बागमती किनाराको २ दशमलव ८ किलोमिटर क्षेत्रफलमा समितिले घाट, सडक, साइकल ट्रयाक, सार्वजनिक शौचालय, पाटी निर्माण गरेको छ ।

संरचना हस्तान्तरण सम्बन्धी समझदारी पत्रमा नगरप्रमुख चिरीबाबु महर्जनको उपस्थितिमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र समितिका आयोजना प्रमुख रविन्द्र बोहोराले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरको बागमती करिडोरमा निर्माण गरेको संरचना संरक्षण र व्यवस्थापन गर्ने बताए । एडीबीको सहयोगमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले यूएन पार्कदेखि बल्खुपुलसम्मको खोला किनारमा पार्क सहितका संरचना निर्माण गरेको थियो ।

ललितपुर महानगरका वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले समितिले बागमती किनारामा निर्माण गरेको हरियाली पार्क लगायतका नदी वरपरका सम्पदाहरूको व्यवस्थापन, संचालन तथा मर्मत सम्भारको जिम्मेवारी अब महानगरले गर्ने बताए । ‘बागमती किनारमा ललितपुरतर्फको संरचना अब महानगरको भयो, सडकको जिम्मेवारी भने समितिकै छ,’ उनले भने ।

उक्त खण्डको सडक मार्गमा वर्षामा हिलो र हिउँदमा धूलोको समस्या सधै हुनेगरे पनि महानगरपालिका समितिले हेर्ने बताउँदै आएको छ । ‘यूनएन पार्कदेखि बल्खु करिडोरमा सबैभन्दा धेरै समस्या सडकमा छ । अब त्यसको समाधान गर्न १० नम्बर वडाको पहलमा समितिले सडक कालोपत्रे गर्न टेण्डर आह्वान गरिसक्यो । त्यो पनि समाधान हुन्छ,’ महर्जनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -