गोरखा- मध्य पहाडी लोकमार्ग अन्तर्गत घ्याम्पेसाल आरुघाट सडक खण्ड डाडाबेसीमा आज बिहान करिब ११ बजेको समयमा गोरखा बाट आरुघाट इट्टा बोकेर आउदै गरेको टिपर भिमसेनथापा गा.पा ३ डाडाबेसी भन्ने ठाउँमा दुर्घटना हुँदा २ जना गम्भीर घाईते र २ जना सामान्य घाईते भएको छ । गम्भीर घाइते भएको भट्टराईलाई हेलिकप्टर मार्फत उपचारको लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ। । सामान्य घाइतेको आरुघाट स्वास्थ्य चौकीमा उपचार हुदै छ ।

घाईतेहरु – भिमसेनथापा गा पा २ अर्चले निवासी महेन्द्र (यदु) भट्टराई , भिमसेन थापा २ काउले निवासी गंगा लामिछाने ,बारा जिल्ला घर भएका चालक र सहचालकहरु हुन्









































