Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५५:३३ दिउँसो
- ADVERTISEMENT -

कतारी अमिरको भम्रण : दुईटा बिजनेस जेटसहित चार विमान काठमाडौंमा

प्रकाशित मिति: २०८१ वैशाख ११, मंगलबार

207
Shares

 दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको बिजनेस जेट (भीभीआईपी) विमान मंगलागिरहेछ बार ढाकाबाट ५ बजेअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ४ देखी ५ बजेसम्म एक घन्टाकालागि उड्डयनकर्मीहरूकालागि जारी हुने सूचना (नोटाम) लागू गरेको छ । यो समयभित्र कतारी अमिरको भ्रमणसँग जोडिएका दुईटा बिजनेस जेट ढाका हुँदै काठमाडौंमा अवतरण गर्नेछन् ।

स्रोतका अनुसार, अमिरको भ्रमणमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार चारवटा विमानलाई नेपाल उडानको अनुमति दिएको थियो । जसमध्ये एउटा उडानमा अमिर रहनेछन् । भने अर्को विमानमा उनका सहयोगी, कर्मचारीहरू रहेकाछन् । सहयोगीहरू रहेको विमान मंगलबार बिहान काठमाडौंमा अवतरण भइसकेको छ । एक अर्को एयरबसकै बिजनेस जेट विमान भने ‘स्ट्याण्ड–बाई’ का रुपमा अमिरको उडानसँगै काठमाडौंमा अवतरण गर्दै छ । अमिर एयरबसको ए–३४० विमानमा नेपाल आउँदैछन् । चारवटा इन्जिन भएको त्यो विमान ४ सय ५० यात्रु क्षमताको हो । तर त्यो विमानमा अमिरसहित ४० जना हाराहारी हुने भनिएको छ ।

उनी आउने विमानमा कुनै प्राविधिक समस्या आइहाले ‘स्ट्याण्ड–बाई’ विमान अमिरका लागि प्रयोग हुनेछ । ढाकाबाट मंगलबार दिउँसो ‘स्ट्याण्ड–बाई’ का लागि तोकिएको एयरबसको ए–३४०–२११ विमान अवतरण भइसकेपछि अन्तिममा अमिर सवार विमान अवतरण हुनेछ । उनको विमान एयरबसको ए–३४०–५४१ रहने भनिएको छ ।

यी सबै विमानकालागि काठमाडौंस्थित कतारी दूतावासमार्फत दोहाबाट कतार एयरवेजको सहायक कम्पनी ‘कतार एक्जिक्यूटीव’ ले पहल गरेको थियो ।

राजकीय भ्रमणकालागि चारवटा विमानमध्ये सोमबार गल्फ स्ट्रीम जी ६५० ईआर विमान काठमाडौंमा अवतरण भइसकेको छ । त्यो विमानले अमिरको बिजनेस जेटकालागि अवतरणपछि आवश्यक पर्ने जहाजका यन्त्र र उपकरणहरू ल्याएर आएको थियो । यो विमान लामो दुरीको उडानकालागि विश्वभर प्रख्यात छ । विश्वका भीभीआईपी, धनी, उद्यमी, सेलिब्रेटीहरू एक महादेशबाट अर्को महादेशको यात्रा गर्दा गल्फस्ट्रीम जी ६५० ईआर विमान प्रयोग गर्छन् ।

यो भ्रमणमा चारवटै विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ल्याण्डिङ पार्किङबाफतको शुल्क बुझाउनुपर्ने छैन । तर, अमिरसहित सबै भीभीआईपीको प्रति यात्रु ३३ सय रुपैयाँ एयरपोर्ट सर्भिस चार्ज भने लाग्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -