Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:११ दिउँसो
- ADVERTISEMENT -

अर्थतन्त्रमा पोख्त थापासहित राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकले अवकाश पाउँदै

प्रकाशित मिति: २०७६ वैशाख २३, सोमबार

1182
Shares

काठमाडौं, २३ बैशाख २०७६ । नेपाली अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने ५ कार्यकारी निर्देशकहरुले अवकाश पाउने भएका छन् । पाँचै कार्यकारी निर्देशकहरुले जेठ २५ गतेदेखि राष्ट्र बैंकबाट अनिवार्य रुपमा अवकाश पाउँदैछन् । राष्ट्र बैंकमा कार्यरत १७ कार्यकारी निर्देशकहरुमध्ये खारिएका ५ कार्यकारी निर्देशकले अनिवार्य अवकाश पाउन लागेको एक कर्मचारीले बताए ।

उनकाअनुसार निकै खारिएका र अर्थतन्त्रलाई राम्रोसँग केलाउन सक्ने ब्यक्तिका रुपमा कहलिएका कार्यकारी निर्देशकहरु नरबहादुर थापा, नारायण पौडेल, जनक अधिकारी, भीष्मराज ढुंगाना र झलक शर्मा यही बैशाख २५ गतेदेखि बिदामा बस्दैछन् । अनिवार्य अवकाशको १ महिना अघिदेखि विदामा बस्ने राष्ट्र बैंकको चलन छ ।

थापा राष्ट्र ऋण व्यवस्थापन, पौडेल बैक तथा वित्तीय संस्था नियमन, अधिकारी लघुवित्त, ढुंगाना विदेशी विनिमय व्यवस्थापन र शर्मा बैंकिङ कार्यालय विभागका कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । केन्द्रीय बैंकको कर्मचारी सेवा नियमावली २०६८ ले अन्य कर्मचारीका हकमा ३० वर्षे सेवा अवधि वा ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाश पाउने व्यवस्था गरे पनि कार्यकारी निर्देशकका लागि भने ७ वर्ष निरन्तर सो पदमा रहेको व्यक्तिले समेत अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । सोही व्यव्स्थाअनुरुप उनिहरुले अवकाश पाउन लागेका हुन् ।

राष्ट्र बैंककै कर्मचारीहरुका अनुसार ५ कार्यकारी निर्देशकले अवकाश पाउने भएपछि अन्य निर्देशकहरु कामू बन्ने दौडधुपमा छन् । तर अहिले कार्यकारी निर्देशक पाउन त्यति सजिलो भने छैन् । अहिले कार्यकारी निर्देशक बन्न अर्थमन्त्री डा. युवराज खतिवडाको आशिर्वाद आवश्यक पर्छ । त्यसैले कार्यकारी निर्देशकको लाइनमा रहेकाहरु खतिवडाको शरणमा पुग्न थालेको कर्मचारीहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -