Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०५:०३ दिउँसो
- ADVERTISEMENT -

जापानी सैन्य हेलिकप्टर दुर्घटना : एकजनाको मृत्यु, सात बेपत्ता

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

258
Shares

जापानमा शनिबार राति दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किएर समुद्रमा दुर्घटना हुँदा एकजनाको मृत्यु र सातजना घाइते भएको अधिकारीहरूले बताएका छन् । 

जापानको आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स, एसडीएफ)का प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एकजनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए । 

“उद्धारकर्मीले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई हेलिकप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ,” रक्षामन्त्री मिनोरू किहाराले भने, “अहिले यसको कारण थाहा भएको छैन, तर सबैभन्दा पहिला हामी मानिसको उद्धारका लागि प्रयास गर्नेछौँ ।”

धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्युको पुष्टि भएको उनले बताए । “मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ,” मन्त्री किहाराले भने । 

हेलिकप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् । 

सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का प्रमुख रयो सकाईले भने, “उडान रेकर्डरको विश्लेषण भइरहेको छ, अधिकारीहरूले अभ्यासमा संलग्न रहेको तर दुर्घटनामा सहभागी नभएको तेस्रो हेलिकप्टरका चालक दलका सदस्यहरूको अन्तर्वार्ता लिइरहेका छन् ।”

प्रसारक एनएचकेले वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको एमएसडीएफले जनाएको बताएको छ ।  रासस
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -