लालीगुराँस नगरपालिका १ टुटेमा २१ वर्षीय आयुस गुरुङ मृत फेला परेका छन् । कोशी करिडोर २२० केभीए विद्युत सबस्टेशन परिसरमा आइतबार बिहान गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ ।
गुरुङको शव निर्माणाधीन सबस्टेसन भित्र फेला परेपछि बिहान मृतकका आफन्तले केहीबेर तनाव सृजना गरेका थिए । मृतकको हत्या भएको हो या अन्य कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
मृतकका आफन्त र स्थानीयले सबस्टेशनको सुरक्षा गार्ड क्वाटरमा ढुंगामुढा गरी सामन्य तोडफोड गरेका छन् । सुरक्षा गार्डलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । मृतकका आफन्तको ढुंगा तथा लाठी प्रहारबाट प्रहरी चौकी टुटे देउरालीका इन्चार्ज असई मनिष काफ्लेको टाउको चोट लागेको छ ।
मृतकका आफन्तले कुटपिटबाट हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् ।








































