Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०९:२१ दिउँसो
- ADVERTISEMENT -

सुप्रिम सहकारी ठगीमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा, दिपेश पुन अझैँ थुनामा

प्रकाशित मिति: २०८१ वैशाख ७, शुक्रबार

231
Shares

सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका ४ जना धरौटी बुझाएर रिहा भएका छन् । रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका हुन् । 

तर, अदालतबाट माग भएबमोजिमको दीपेश कुमार पुन र नवीन अछामीले भने सो समाचार तयार पार्दासम्म धरौटी नबुझाएपछि थुनामै छन् ।  अदालतले पुन र अछामीसँग क्रमशः ४ लाख र १० लाख धरौटी माग गरेको छ ।

यस्तै रिहा भएकाहरु पाण्डेसँग १८ लाख, न्यौपानेसँग ४ लाख ४५ हजार, थापा मगर र गुरुङसँग २–२ लाख रुपैयाँ धरौटी माग भएको थियो । दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा हुन् ।

न्यायाधीश डा‍‍ दीपक उप्रेतीको इजलासले ओम प्रकाश गुरुङलाई भने थुनामा पठाउन आदेश दिएको छ । यस्तै कुमार रम्तेल र भविश्वर अर्याललाई कास्की कारागारबाट झिकाउने आदेश हुँदा जीबीराईसहितका अन्य प्रतिवादीहरुविरुद्ध भने पक्राउ पुर्जी जारी भएको छ ।

वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको थियो । ओखलढुङ्गा घर भएका जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो ।

सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -